७ वैशाख २०८१ शुक्रबार
समाज

सुनसरीमा हायस र बस एक आपसमा ठोक्किदा ४ जनाको मृत्यु

सुनसरी - सुनसरीको रामधुनी २ मा हायस र बस एक आपसमा ठोक्किदा ४ जनाको मृत्यु भएको छ। चन्द्रगढीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३१५७ नम्बरको हायस र विपरित दिशा पोखराबाट काकणभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा हायसमा सवार ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धादिङ बैरेनी घर भएका २८ वर्षीय दिपक खड्का, झापा भद्रपुर घर भई काठमाडौ २३ बस्ने ७५ वर्षीय हेमराज कोइराला, ६५ वर्षीया डोलमाया कोइरालाको घटनास्थलमै मृत्यु भएको हो भने  भक्तपुर बस्ने वर्ष १७ कि गरिमा गौतमको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते मध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको उपचार इटहरी र बिराट नर्सिङ अस्पताल विराटनगरमा भइरहेको छ।

प्रकाशित: १९ माघ २०७६ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App