८ वैशाख २०८१ शनिबार
कला

सिनेमा र प्रविधिसम्बन्धी पुस्तक पाउन मुस्किल

काठमाडौं- पठन संस्कृतिको विकास गर्न ‘किताब जात्रा’ सम्पन्न भएको छ । किताब यात्रा फाउन्डेसनले शनिबार राजधानीमा आयोजना गरेको एक दिने जात्राको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै हास्यकलाकार हरिवंश आचार्यले पछिल्लो समय पठक संस्कृतिको विकास भएकाले किताबको भविष्य उज्ववल भएको बताए । ‘किताब जात्रा नेपालको सन्दर्भमा एकदमै राम्रो हो । कारण राजधानीमा घर–घरमा खाना डेलिभरी गर्ने धेरै छन् । यसले किताब घर–घरमा पुर्याउने काम गरिरहेको थाहा थिएन । यो साहित्यको सेवा पनि हो,’ उनले भने ।

किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले पठन संस्कृतिको विकास गर्न सबैमा पुर्याउने र साहित्यलाई जोड्न किताब जात्राको आयोजना गरिएको बताएका थिए । कार्यक्रममा प्रेमप्रसाद अधिकारीको स्मृतिमा प्रदान गर्दै आएको ‘प्रेम साहित्य सम्मान’ लेखक सरुभक्तलाई ५५ हजार पाँच सय ५५ रुपैयाँसहित प्रदान गरिएको थियो । ‘हामी धेरै ज्ञान, दर्शन, विज्ञानबाट पीडित छौं ।

जसबाट हामी बाहिर निस्केर मौलिक चिन्तन गर्न सकिरहेका छैनौं । हामी यही पोखरीभित्र रहने हो भने अतिरिक्त मौलिक साहित्य कसरी सिर्जना गर्न सक्छौं ?,’ उनले भने । त्यस्तै सन् तथभि.ूायलत(कष्शभस् द्दडउतस ष्लिभ(जभष्नजतस् ज्ञज्ञछ५सूश्र सर्वाधिक बिक्री भएको पुस्तक ‘गुलाबी उमेर’ का लेखक अमर न्यौपानेलाई बेस्ट सेलर अवार्ड प्रदान गरिएको थियो ।

जात्रामा पठन संस्कृतिका विविध आयाममाथि विभिन्न सत्रमा बहस भएका थिए । कार्यक्रमअन्तर्गत ‘बढ्ने बानी : किन पढ्ने ?’ सत्रमा बोल्दै अभिनेता दयाहाङ राईले आफ्नो अध्ययन अनुभव सुनाएका थिए । ‘नेपालमा सिनेमा स्कुल भएपछि सिनेमा र प्रविधिसम्बन्धी ज्ञान पाउन पढ्ने वातावरण बनिरहेको छ । कलाकार भएपछि कल्पनासम्म पुग्न अध्ययन गर्नु पर्दो रहेछ । अन्य किताब प्रशस्त मात्रामा पाए पनि अभिनय र संगीतको पाउन गाह्रो छ । त्यो पाउन सिमा पार गरेर नै जानुपर्दछ,’ उनले भने ।

‘बुक, बिजनेस एन्ड बिलिनियर’ सत्रमा बोल्दै उद्योगी विनोद चौधरीले चौधरी ग्रुपको अन्तर्राष्ट्रिय सफलताबारे बोलेका थिए । ‘हामी भगवान बुद्ध र सगरमाथा देश भनेर चिनिएर हुन्न । सफल उद्यमी भएर संसारभर चिनिनुपर्छ,’ उनले भने । ‘पढ्ने र लेख्ने : के, कस्तो र कसका लागि’ नामक सत्रमा पत्रकार नारायण वाग्ले, नयनराज पाण्डे र सरस्वती प्रतीक्षाले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कवि सकुन्तला जोशी, नवराज पराजुली र बाबु त्रिपाठीले कविता वाचन गरेका थिए । विभिन्न सत्रका बहसहरूमा पत्रकार सुधिर शर्मा, अर्चना थापा, आहुति, टीकाराम यात्री, अनिल केशरी शाह, मानुषी भट्टराई र मनु मञ्जिललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

जात्रामा भेटिएका चावाहिलका कृष्ण भण्डारी भीमबहादुर पाण्डेद्वारा लिखित ‘त्यसबखतको नेपाल’ पुस्तक खोजिरहेका थिए । ‘जात्राको अवसरमा ३० प्रतिशत छुटमा पुस्तक किन्न यहाँसम्म आएका थिए । मैले खोजेअनुसारका पुस्तकचाँहि भेटिन्,’ उनी भन्दै थिए । आयोजकका अनुसार जात्रामा दश हजारभन्दा बढी पुस्तकहरू राखिएका थिए ।

जात्रामा नेपाली र विदेशी सयभन्दा बढी प्रकाशनका किताब विशेष छुटसहित उपलब्ध गराएको आयोजकले जानकारी गराएको थियो । बजारमा विशेष खोजी भइरहेका किताब प्रदर्शनीमा राखिएको किताब यात्राका निर्देशक कृपेश किशोर घिमिरेले बताए ।

 

प्रकाशित: १९ माघ २०७६ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App