coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सन् २०२० मा भारतको बजेट ३०.४२ ट्रिलियन रूपैयाँ

नयाँ दिल्ली– भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताइएको छ ।

अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२.४६ ट्रिलियन हुने सरकारको प्रक्षेपण छ । केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व संकलनमा महत्वपूर्ण कदम चालेको दाबी गरेको छ । तर, प्रक्षेपित कर संकलन सकारात्मक लयमा आउन केही समय लाग्ने सरकारको अनुमान छ ।

आर्थिक वर्ष २०२०–०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ । सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधार तय गरेको बजेट सम्बोधनमा बताइन् ।

जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०/०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ । सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६.९९ ट्रिलियन भारतीय रूपैयाँ र सरकारी आय १९.३२ ट्रिलियन रहने छ । एएनआई

 

प्रकाशित: १९ माघ २०७६ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App