coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अवैध स्वास्थ्य संस्था कानुनी दायरमा ल्याउन स्वास्थ्यमन्त्रीको पहल

काठमाडौं-देशभरमा आधा भन्दा बढी निजी स्वास्थ्य संस्थाहरू अवैध रुपमा सञ्चालन भैरहेको तथ्य फेला परेपछि नियमन गर्न स्वास्थ्यमन्त्री गगन थापाले पहल लिएका छन्। मन्त्री थापाले अवैध स्वास्थ्य संस्थालाइ कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेका छन्।

मन्त्री थापाले मन्त्रालयको जिम्मेबारी सम्हालेपछि अनुगमन गर्दा अधिकांश निजी स्वस्थ्य संस्था अवैध भेटिएको थियो। मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका संशोधन गर्दै  उनीहरुलाई कानुनी दायरामा ल्याउन फागुन सम्मको समयसीमा तोकेका छन्।  

नयाँ निर्देशिका लागू भएपछि लापर्वाही नियन्त्रण हुनुका साथै स्वास्थ्य प्रणालीमा सुधार हुने मन्त्री थापाको विश्वास छ। उनले निर्देशिका लागू भएपछि करोडौं राजश्व पनि थपिने बताए।

मन्त्री थापाले निर्देशिका आजदेखि नै कडाइका साथ लागू हुने बताए।

कात्तिकको अन्तीम हप्तादेखि काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा भएका अनुगमनमा झण्डै आधाजसो स्वास्थ्य संस्थाले कानुनी प्रक्रिया पूरा नगरेको पाइएको थियो।

अनुगमनका क्रममा कुनैपनि सरकारी निकायमा दर्ता नभएका, एउटा निकायमा दर्ता भएपनि स्वास्थ्य मन्त्रालय र मातहतमा दर्ता नभएका, नविकरण नभएका र दर्ताका लागि निवेदन दिएपनि अनुमति नपाएका स्वास्थ्य संस्था पनि सञ्चालनमा रहेको पाइएको थियो। अनुमगनमा सञ्चालनमा रहेका अस्पताल क्लिनिक लगायत स्वास्थ्य संस्था मध्ये आधाजसोले कानुनी प्रक्रिया पूरा नगरेको पाइएको थियो।

प्रकाशित: १३ पुस २०७३ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App