७ वैशाख २०८१ शुक्रबार
खेल

प्रतिभाको शल्यक्रिया आइतबार

काठमाडौं – पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला/पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनल खेलमा घुँडाको चोट बोकेकी प्रतिभा मालीको आइतबार (आज) शल्यक्रिया हुँदै छ।

महिलातर्फ एपिएफ र न्यु डायमन्डबीच फाइनल खेल चलिरहँदा स्पाइक गरेपछि  ल्यान्डिङ गर्ने क्रममा घाइते भएकी प्रतिभाको ९ दिनपछि मात्र शल्यक्रिया हुन लागेको हो। घुँडा सुन्निएपछि निरन्तर आइस लगाएर प्रतिभाको चोटलाई केही सुकाइएको थियो। दुई दिनको आरामपछि घुँडाको एमआरआई गर्दै चोटको बारेमा पत्ता लागेको थियो। एमआरआईको रिपोर्टपछि घुँडाको लिगामेन्ट च्यातिएको पत्ता लागेको थियो।

त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलमा उपाचार गराइरहेकी प्रतिभालाई हस्पिटलका सिनियर अर्थोपेडिक सर्जन प्रज्वलमान श्रेष्ठ र घुँडा विषशज्ञ डाक्टर रूपेश वैद्यको टोलीले शल्यक्रिया गर्दै छन्। शनिबार नेपालका सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार)ले घाइते प्रतिभालाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरे। भेटपछि नागरिकसँग मन्त्री विश्वकर्माले प्रतिभाको उपचारका लागि सरकारले चासो व्यक्त गरेको प्रतिक्रिया दिए तर उपचारको खर्चबारे केही बोलेनन्।

‘राष्ट्रिय खेलाडी हुन्। उपचार राम्रो सँग हुनुपर्छ। डाक्टरसँग मैले बुझ्दा गम्भीर भने होइन रहेछ,’ मन्त्री विश्वकर्माले भने, ‘खेलाडी भएकाले खेलमा फर्किन कस्तो किसिमको उपचार जरुरी पर्छ भन्ने विषयमा हामीले परिवार र डाक्टरसँग छलफल ग-यौं। वरिष्ठ डाक्टरहरू प्रतिभाको उपचारमा खटिरहनुभएको छ। राम्रो उपचार हुनेमा विश्वस्त छु।’ अस्पताल शय्यामा आराम गरिरहेकी प्रतिभाले चोट सामान्य भएकाले आफू खेलमा छिट्टै फर्किने बताइन्।‘लिगामेन्ट च्यातिएको डाक्टहरूले बताउनुभएको छ। ८ दिनको आरामपछि सुनिएको खुट्टा अलि घटेको छ,’ स्पाइकर मालीले भनिन्, ‘शल्यक्रियापछि म पुनः कोर्टमा पुरानै लयमा फर्किनेमा विश्वस्त छु।’

शल्यक्रियापछि प्रतिभा माली कम्तीमा पनि ९ महिना आराम गर्नुपर्छ। पहिलाकै अवस्था कसरी फर्किने भन्ने विषयमा प्रतिभा चिन्तित छन्। शल्यक्रियापछि फिजियोथेरापी गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। राम्रो थेरापी र उपचार भइरहे खेलमा फर्किने सक्ने प्रतिभा र उनको परिवार विश्वस्त छ। भलिबलका केही खेलाडीको उदाहरण दिँदै प्रतिभाले खेलमा फर्किन्न कि भन्ने भाव आफूमा नभएको बताइन्। ‘भलिबलमा केही खेलाडी चोटका कारण कोर्टमा फर्किन सकेका छैनन्,’ प्रतिभा मालीले थपिन्, ‘डाक्टरहरूले सामान्य भन्नुभएको छ। मलाई निको हुने आश्वासन गराउनुभएको छ।’

प्रकाशित: १९ माघ २०७६ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App