coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देकोचामा दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर- ख्वप कलेज देकोचा भक्तपुर नजिक सामान बोक्ने गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ। चाँंगुनारायणबाट देकोचातर्फ आउँदै गरेको बा १३ च १०५० नम्बरको सामान बोक्ने सानो हात्ती गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुर नगरपालिका–६ का १७ वर्षीय उज्वल कासुलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार दुर्घटनापछि घाइते भएका कासुलाको भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेको थियो। पसिरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार शव पोष्टमार्टमका लागी भक्तपुर अस्पतालमा लगिएको छ।

दुर्घटनामा संलग्न सवारी साधन र चालक भक्तपुर नगरपालिका–६ का ३८ वर्षीय राधेश्याम लवजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको उनले बताए।

 

प्रकाशित: १८ माघ २०७६ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App