coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनताको अधिकार खोसेर सरकार अधिनायकवादको बाटोमा हिड्यो : सभापती देउवा

बुटवल- नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा अगाडी बढेको बताएका छन्। शनिबार रुपन्देहीको तिलोत्तमा पुगेका सभापती देउवाले प्रेस स्वतन्त्रता तथा मानवअधिकारमाथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताएका हुन्।

दुई तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतान्त्रको मूल्य र मर्ममाथि नै प्रहार गर्ने गरी बिभिन्न विधेयकहरु ल्याएको भन्दै उनले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडी बढनु पर्नेमा जोड दिए।

देउवाले अभिव्यक्ति  स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडीया काउन्सिल विधेयकविरुद्ध पत्रकारको आन्दोलनमा नेपाली काँग्रेसको पूर्ण साथ र समर्थन रहेको बताए। प्रेस स्वतन्त्रतामाथि आँच आउन नदिन सदन मार्फत काँग्रेसले निरन्तर खबरदारी गरीरहेको भन्दै देउवाले पत्रकारहरुको जायज मागहरुको सम्बोधन गर्नुपर्नेमा जोड दिए।

नेपाली काँग्रेस प्रदेश ५ को संसदीय दलका नेता स्व.बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुन्य तिथिमा तिलोत्तमा १४ मा भएको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै देउवाले पोखरेल जस्ता निष्ठावान नेता कार्यकर्ताहरुलाई पार्टीले कुनै न कुनै रुपमा स्थान तथा सम्मान दिँदै जाने पनि बताए।

नेपाली काँग्रेस रुपन्देहीद्धारा आयोजित शोक सभामा पार्टी महामन्त्री शशांक कोइरालाले स्वर्गीय नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाई सबैले अनुसरण गरे सच्चा श्रद्धान्जली हुने बताए। काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिष्ट सरकारले अहिलेसम्म अन्तरमनबाट लोकतान्त्रीक संविधानलाई नै स्वीकार गर्न नसकेको बताए।

दुई तिहाइको बलमा आफ्ना नेता कार्यकतालाई बलियो बनाउने काममा मात्रै सरकार लागेको भन्दै नेता खाँणले जनताको हितमा कुनैपनि काम गर्न नसकेको बताए। जीवनको अन्तिम क्षणसम्म पनि देश र जनताकालागि लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ भनेर लागीरहने स्व. नेता पाखेरेलको निधनले पार्टीलाइ ठूलो क्षति पुगेको उनले बताए।

प्रतिनिधि सभा लेखा समितिका सभापती भरत शाह, प्रतिनिधि सांसद प्रमोद यादव, काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, पाल्पा सभापती तथा प्रदेश सभासद बिरबहादुर राना, गुल्मी सभापती भुवनप्रसाद श्रेष्ठ, प्रदेश सभाको संसदीय दलका उपनेता बिरेन्द्र कनौडीया, फणिन्द्र शर्मा, इश्वरचन्द्र पोखरेल, रामकृष्ण खाँण लगायतका नेताहरुले बोल्दै स्व. नेता पोखरेलको निधनले पार्टीले एउटा कर्तव्य निष्ठ नेता गुमाएको बताए। नेपाली काँग्रेसको प्रदेश नं. ५ को संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा माघ ६ गते निधन भएको थियो।

 

प्रकाशित: १८ माघ २०७६ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App