coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर- उदयपुर प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा उदयपुर र सप्तरीको सीमास्थल लालपत्तास्थित प्रहरी चौकीबाट खटेको चेकिङ टोलीले प्रतिबन्धित नाईट्रोजेपाम ट्याब्लेटसहित त्रियुगा नगरपालिका-१३ बस्ने ३० वर्षीय रमेश थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

लाहानदेखि गाईघाटतर्फ आउँदै गरेका थापाको साथबाट ७५ थान नाईट्रोजेपाम नामक प्रतिबन्धित लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

त्यसैगरी शुक्रबारै राति ८ बजेर त्रियुगा नगरपालिका-४ बगाहास्थित जंगलको बाटोमा जिल्ला प्रहरीबाट खटेको टोलीले गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ। त्रियुगा-५ को दमौटीबाट बगाहातर्फ आउँदै गरेको स ८ प ९७४४ नं. को मोटरसाइकलमा सवार त्रियुगा ५ का २० वर्षीय राष्ट्र राई र सोही ठाउँका २२ वर्षीय असिम राई गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट २ सय ग्राम गाँजा बरामद भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पक्राउ तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु भएको बताएका छन्।

प्रकाशित: १८ माघ २०७६ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App