coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभाको २ वर्षे कार्यकाल सफलः सभामुख घर्ती

रुपन्देह - प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले २ वर्षे कार्यकालमा प्रदेशसभाको पूर्वाधार बनाउने काम गर्न सफल भएको बताएका छन्। उनले प्रदेशसभाको सपथ लिदा संरचनाकै बारेमा स्पष्ट नरहेको अवस्थामा २ वर्षको अवधिमा आधारभूत संरचना बनाउन आफूहरु सफल रहेको बताए।

प्रदेशसभा स्थापना दिवसको सन्दर्भममा संसदीय मामिला पत्रकार समाजल प्रदेश ५ ले शनिबार बुटवलमा गरेको खुल्ला संसद अवधारणा र अभ्यासको कसीमा प्रदेशसभाको २ वर्ष बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले २ वर्षमा सन्तोषजनक नै काम गरेको दावी गरे।

केही कमजोरी हुनसक्ने भन्दै नियतवश रुपमा भने राम्रो काम गर्नुपर्छ भन्ने उदेश्यले काम गरिएको उनले बताए। ‘प्रदेशसभाको नेतृत्व लिदै गर्दा व्यवस्थापन जटिल थियो,तर हामीले पूर्वाधार बनाउन सफल भएका छौं’ सभामुख घर्तीले भने। उनले सचिवालय, सभाहल, विषयगत समिति कार्यालय र संवादकेन्द्र जस्ता न्यूनतम पूर्वाधार निर्माण गरेर संसदीय अभ्यासको गरिमालाई उचोँ राख्ने काममा लागि परेको बताए।

उनले अहिलेसम्म ४८ वटा विधेयक निर्माण गरेको भन्दै संसदमा जनताको सार्वभौम बिषयलाई प्राथमिकतामा राख्ने बताए। उनले सदनबाटै सरकारको जन्म हुने भएकाले आफूहरुले नागरिकको भावनालाई स्थान दिन प्रयत्नशिल रहेको बताए। ‘प्रदेशसभा भनेको विधि बनाउने र प्रतिपक्षी र सरकारको दुरी कम गर्ने हो, यो काम हामीले गरेका छौं’ उनले भने। प्रदेश न. ५ ले अन्य प्रदेशलाई उछिन्ने भन्दा पनि गुणस्तरीय काम गर्नमा ध्यान दिएको सभामुख घर्तीले बताए। उनले २ वर्षे कार्यकाल चुनौतीका बाबजुद काम गरेको भन्दै नागरिकहरुको पनि रचनात्मक सहयोग आवश्यक हुने बताए।

उपसभामुख कृष्णि थारुले प्रदेशसभा नयाँ संरचना भएकाले यस मार्फत नागरिकको भावनालाई समावेश गर्ने काम गरिएको बताइन । उनले आफूहरुले समेत केही काम सिकेको बताउँदै संसदमा निर्माण हुने कानुनलाई जनताको पक्षमा हुने गरि छलफल गरिएको बताइन।

कार्यक्रममा नेकपा संसदीय दलका सचिव एंव सांसद भोज प्रसाद श्रेष्ठले आफूहरु कानुन बनाउने थलोमा भएपनि निर्वाचन प्रणालीका कारण जनताले विकास निर्माणको आशा गरेको बताए। उनले कानुन निर्माण गर्ने थलोका रुपमा मात्रै आफुहरुलाई जनताले नलिने भएकाले निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए।

कार्यक्रममा प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन, अधिवक्ता महेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी, संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु घिमिरे, उपाध्यक्ष अमृता अनमोलले बाल्दै प्रदेशसभालाई नागरिकका अधिकारलाई बढि भन्दा बढि छलफल गर्ने थलो बनाउनुपर्ने बताए।

प्रकाशित: १८ माघ २०७६ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App