coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

आधा मानिस

आधा मानिस

म गाउँ छोडेर सहर पसेको मानिस
गाउँ सम्झँदै सहर बसेको मानिस
गीत गाउँको गाउँछु, मीत सहरमा लाउँछु
दुवै ठाउँको म आधा–आधा मानिस ।

मैले गाउँ छोडेकाले गाउँ रिसाएको छ
म सहरमा बसेकाले सहर रिसाएको छ
सहरले मलाइ आफ्नो ठान्दैन
सहरलाई आफ्नो भन्न मन मान्दैन ।

गाउँको बर्बादी लिएर सहर पसेको म
सहरको समृद्धि लिन गाउँ छोडेको म
मैले दिन सक्ने सहरलाई दिन्नँ, सहर मेरो होइन
मैले दिन सक्ने गाउँलाई दिन्नँ, म गाउँमा छैन  

तन भएको ठाउँमा मन छैन
मन भएको ठाउँमा तन छैन
म न यताको न उताको भएको छु
सिंगो मानिस थिएँ आधा–आधा भएको छु ।   

गाउँको मादल सहरमा ठोक्छु, ताल मिल्दैन
सहरको बाजा गाउँमा बजाउँछु, नाच मिल्दैन  
म आधा सहरमा आधा गाउँमा टुक्रा भएको छु  
सिंगो मानिस थिएँ आधा मानिस भएको छु ।    

प्रकाशित: १८ माघ २०७६ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App