coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

घर भित्रको झगडालाई चौतारीमा प्रचार गरेर कांग्रेस बलियो हुँदैनः सहमहामन्त्री महत

नुवाकोट - नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस भित्र ब्यक्ति केन्द्रित प्रवृत्ति बढेको बताउँदै यस्तो प्रवृत्तिले पार्टीलाई फाइदा नहुने बताएका छन्। नुवाकोटको चौघडामा नेपाली कांग्रेस नुवाकोट साविक कबिलास गाउँ विकाश समितिका संस्थापक सभापति बलभद्र मिश्रको १३ औं दिनको पुन्य तिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले पार्टीलाई बेफाइदा हुने र ब्यक्तिका कारण पार्टीलाई बदनाम बनाउने गतिविधि कोहि पनि कार्यकर्तालाई नलाग्न आग्रह पनि गरे।

उनले कांग्रेस एउटा घरपरिवार भएको र घरपरिवारमा झगडा परेको कुरा चौतारीमा गएर प्रचार गरेर कांग्रेस बलियो नहुने  जिकिर गरे। नेपालमा लोकतान्त्रिक पद्धतिलाईनै चुनौती दिने खालका शक्ति अहिले सत्तामा भएको भन्दै यस्तो अवस्थामा पार्टी भित्रको बेमेललाई पार्टी भित्रै छलफल गरेर समाधान गर्नुपर्ने तर्क गरे।

प्रकाशित: १८ माघ २०७६ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App