coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विद्युत् ट्रान्सफर्मर र मिटर अभाव हटाउँदै प्राधिकरण

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणका लागि आवश्यक ट्रान्सफर्मर र विद्युत् मिटरको आपूर्ति सहज बनाउन लागेको छ। ग्रामीण क्षेत्रमा आम उपभोक्ताले विद्युतीकरण लागि लामो समयदेखि ट्रान्सफर्मर र मिटरको अभाव झेल्दै आएका थिए। प्राधिकरणले ट्रान्सफर्मर र मिटर खरिद प्रक्रियालाई छिटोछिटो अघि बढाउन थालेपछि अभाव हट्दै गएको देखिएको हो।

हाल देशभर ३ हजार ट्रान्सफर्मरको माग छ। गुणस्तरहीन ट्रान्सफर्मर जल्ने–पड्किने, नयाँ माग थपिने र खरिद अवरुद्ध हुने हुँदा ट्रान्सफर्मर र मिटरका लागि उपभोक्ताले निकै सास्ती व्यहोर्दै आएका थिए।

भारत, चीन, थाइल्याण्डलगायत देशबाट आयात गरिएका करिब ५ हजार गुणस्तरहीन ट्रान्सफर्मर खरिदमा व्यापक आर्थिक अनियमितता गरेको भन्दै २०७० सालमा प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक रामेश्वरप्रसाद साहसहित करिब ५० कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका थिए।

कारवाही सुरु भएपछि खरिद प्रक्रिया नै अवरुद्ध भयो। र, गुणस्तरहीन ट्रान्सफर्मर जल्ने–पड्किने, नयाँ माग थपिने र खरिद अवरुद्ध हुने हुँदा ट्रान्सफर्मर र मिटरका लागि उपभोक्ताले निकै सास्ती व्यहोर्दै आएका थिए।

‘हाल देशभर ३ हजार ट्रान्सफर्मरको माग छ,’ नेपाल विद्युत् प्राधिकरण वितरण सेवा निर्देशनालयका सहायक प्रबन्धक विजय चौधरीले भने, ‘यस मध्ये १५ सय ९४ थान ट्रान्सफर्मर चिनियाँ कम्पनीले पठाइरहेको छ। यस मध्ये ८ सय थान ट्रान्सफर्मर आइसकेको छ भने बाँकी आउने क्रममा छ।’

उनका अनुसार अर्को २ हजार थान ल्याउनका लागि पनि बोलपत्र मूल्यांकनको काम भइरहेको छ। २ हजार थान ट्रान्सफर्मर खरिदका लागि प्राधिकरणले करिब ६० करोड रुपैयाँ लागत अनुमान गरेको छ। यसका लागि नेपाल, भारत, चीन, श्रीलंकालगायत १६ देशका उतपादनक तथा आपूर्तिकर्ताहरुले प्रस्ताव दर्ता गरेका छन्। बोलपत्र मूल्यांकनको काम केही दिनभित्र नै सकेर ट्रान्सफर्मर खरिदका लागि छनोटमा परेको कम्पनीसँग सम्झौता गर्ने तयारी प्राधिकरणको छ।

त्यस्तै आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ का लागि प्राधिकरणले करिब ३ अर्ब लागत अनुमानका आधारमा ८ हजार ट्रान्सफर्मर खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ। ‘पुसभित्रैमा ८ हजार थान ट्रान्सफर्मर आपूर्तिका लागि बोलपत्र आह्वान हुने छ,’ उनले भने। यी सबै ट्रान्सफर्मर आयात भइसकेपछि ट्रान्सफर्मरको अभाव धेरै हदसम्म समाधान हुने प्राधिकरणको विश्वास छ।

ट्रान्सफर्मर खरिदका लागि हालसम्म भएका अन्टराष्ट्रिय बोलपत्रहरुमा नेपालको एक मात्र ट्रान्सफर्मर उत्पादक कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि(निक)ले समेत प्रस्ताव पेश गर्दै आएको भए पनि ऊ छनोटमा पर्न सकेको छैन। विदेशी कम्पनीको तुलनामा निकको प्रस्ताव मूल्य बढी रहने गरेको कारण नै हालसम्म निक छनोटमा परेको थिएन।

सार्वजनिक खरिद ऐन–२०६३ को पहिलो संशोधनले वस्तु तथा सेवाको लागत अनुमानभन्दा १५ प्रतिशतसम्म महँगो परे पनि वस्तु तथा सेवा खरिद गर्न सकिने नीति लिइएको छ। यस आधारमा ८ हजार ट्रान्सफर्मरका लागि आह्वान हुने बोलपत्रमा स्वेदशी कम्पनी भएका आधारमा निक पनि छनोटमा पर्ने सम्भावना भने बढेर गएको देखिएको छ।

मिटर पनि सहज हुँदै

प्राधिकरणका जिल्लास्थित कार्यालयहरुमा जति धाउँदा पनि मिटर नपाएर सर्वसाधार हैरान रहँदै आएका थिए। तर हाल मिटरको आपूर्ति बढेका कारण ग्रामीण उपभोक्ताको जनगुनासो घट्दै गएको पाइएको छ।

देशभर हाल करिब ३ लाख थान विद्युत् मिटरको माग देखिएको छ। तर, प्राधिकरणले हालसम्म कुल २ लाख ५० हजार थान मिटर मात्र उपलब्ध गराउन सकेको छ। अझै देशभर करिब ५० हजार मिटरको अभाव छ।

देशभर हाल करिब ३ लाख थान विद्युत् मिटरको माग देखिएको छ। तर, प्राधिकरणले हालसम्म कुल २ लाख ५० हजार थान मिटर मात्र उपलब्ध गराउन सकेको छ। अझै देशभर करिब ५० हजार मिटरको अभाव छ।

प्राधिकरणले ५ लाख मिटरका आपूर्तिका लागि आह्वान गरेको बोलपत्रबाट छनोट भई मिडिल साउथ चाइना कम्पनीले विद्युत् मिटर नेपाल पठाइरहेको छ। करिब ६० करोड रुपैयाँको लागतमा खरिद सुरु भएको उक्त मिटर मध्ये चिनियाँ कम्पनीले २ खेप गरी २ लाख ५० हजार थान मिटर नेपाल पठाइसकेकोले मिटर अभावको समस्या धेरै हदसम्म समाधान भएर गएको देखिएको हो।

आगामी ३ महिनाभित्र अर्थात मार्च सम्ममा उक्त चिनियाँ कम्पनीले १ लाख २५ हजार र अर्को ३ महिनाभित्र त्यही परिमाण गरी कुल २ लाख ५० हजार थान मिटर उपलब्ध गराएपछि आगामी वर्षसम्मका लागि चाहिने मिटरको माग धेरै हदसम्म पूरा हुने प्राधिकरणको भनाइ छ।

प्रकाशित: १३ पुस २०७३ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App