coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट महिलाको मृत्यु

तनहुँ- व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया अनिता पाठक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दमौलीबाट भोर्लेटारतर्फ जाँदै गरेको ना३९प ५०० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको ग१ख ८६७८ नम्बरको टिपरको ठक्करबाट घाइते भएकी अनिताको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए।

मोटरसाइकललाई टिपरले ठक्कर दिँदा अनिता खसेर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। मोटरसाइकल चालक पाठकका श्रीमान ४९ वर्षीय कृष्ण पाठक सामान्य घाइते छन्। टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताए।

 

प्रकाशित: १७ माघ २०७६ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App