coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुपन्देहीमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किदा २ को मृत्यु, ५ घाइते

भैरहवा- रुपन्देही सैनामैना नगरपालिका वार्ड नं.८ रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ३५ प ५०१९ नं.को मोटर साईकल र विपरित दिशाबाट जाँदै गरेका लु ४२ प ७०९६ नं.को मोटर साईकल र लु २४ प ७४७२ नं.को स्कुटी ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा परि मोटरसाईकल चालक र सो मा सवार सैनामैना ७ का २० वर्षिय सुदिप चौधरी र २० वर्षिय नविन चौधरीको उपचारको क्रममा प्रादेशीक लुम्बिनी अस्पताल मृत्यु भएको हो। दुुर्घटनामा परि अर्का मोटरसाईकलमा सवार सोही ठाउँ बस्ने वर्ष १६ का सन्तराम चौधरीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा पैदलयात्रीसहित अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

घाइते चौधरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। तीव्र गतिका कारण अनियन्त्रित भई स्कूटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटी चालक बुटवल उप महानगरपालिका १३ का ३८ वर्षिय सुर्यबहादुर पुन, स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ३५ को तुलप्रसाद गुरुङ, सैनामैना न.पा.८ का ४६ वर्षिय चन्द्रबहादुर क्षेत्री र पैदल यात्री सैनामैना ८ कै ४९ वर्षिय भगवती न्यौपाने घाइते भएका छन्।

घाइते ३ जनाको सालझण्डीस्थित हिरा चन्द्र मेडिकलमा उपचार हुँदै छ भने पैदल यात्री न्यौपाने र सिकीस्त चौधरीको लुम्बिनी अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: १७ माघ २०७६ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App