१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार वर्षिया बालिका बलात्कार गर्ने एक पक्राउ

चार वर्षिया अबोध बालिका बलात्कार गर्ने ५४ वर्षिय रामकिशोर मिश्रा प्रहरी नियन्त्रणमा ।

रौतहट- रौतहटको सदरमुकाम गौर नगरपालिकामा एक ४ वर्षिया अवोध बालिकामाथि बलात्कार भएको छ। गौर १ मा ५४ वर्षिय राम किशोर मिश्रले छिमेकी ४ वर्षिया बालिकालाई बोलाएर चकलेटको प्रलोभन दिई दुस्कर्म गरेका हुन्।  

बिहीबार राति ८ बजेको समयमा घरमा कोही नभएको मौका छोप्दै बालिकालाई चकलेट खानका लागि १० रुपैयाँ दिएर बारीमा लगेर बलात्कार गरेका छन्। रगत पच्छे भएर घर पुगेकी बालिका पिसाव गर्न खोज्दा निकै पोलेर चिच्याएपछि चिच्याउनुको कारण पिडाबाट छटपटाई रहँदा अबोध बालिकाको ठूली आमाले सोधपुछ गर्दा मिश्राले बारीमा लगेर बालिकामाथि दुस्कर्म गरेको थाहा भएको हो। सो कुरा थाहा पाउने बितिकै आफन्तहरुले दोषीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको स्थानीय राजु पासवानले बताएका छन्।

धनुषा जिल्ला घर भई हाल गौर नपा १ स्थित साइकल मर्मतको पसल थापेका मिश्रलाई बालिकमाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी नविन कार्कीले बताएका छन्। पीडित अबोध बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरिएको र उनको अवस्था समान्य रहेको जिल्ला अस्पताल गौरका प्रम्ख डाक्टर कृष्णा साहले बताएका छन्।

भारत विहार सितामढी जिल्ला वैरगनिया सेखौना बस्ने पीडितको आमा जिल्ला अस्पताल गौरमा परिवार नियोजनको शल्यक्रिया गराउनको लागी आएको बखत बालिकालाई गौर १ स्थित आफन्त ठूली आमाको घरमा राखेको बखत उक्त घटना भएको छ। मिश्राले घरबाट ५० मिटर पर रहेको बारीमा बालिकालाई बलात्कार गरेको स्थानबाट १० रुपैयाँसहितका अन्य प्रमाणहरु फेला परेर घटना बारे गहन रुपमा अनुन्धान भइरहेको डिएसपी कार्कीले बताए।  

 

 

 

प्रकाशित: १७ माघ २०७६ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App