४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

बेजिङ–चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहन्छ।  चीनले सो परीक्षण यस्तो बेलामा गरेको छ जन चीनले आफ्नो सैन्य क्षमता लगातार रुपमा बढाएरहेको छ। यसअघि चीनले आफ्नो एकमात्र एअरक्राफ्ट क्यारियर ‘द लियाओनिङ’ लाई सैन्यअभ्यास लिड गर्न पहिलो पटक पश्चिमी प्रशान्त महासागरमा पठाएको थियो।

चाइना डेलीका अनुसार चीनले जे–३१ लडाकु विमान लेटेस्ट भर्सन एफसी–३१ लाई गाइरफाल्कन नाम दिएको छ। चीनले बनाएको यो आधुनिक विमानले अमेरिकी लडाकु विमान एफ–३५ लाई टक्कर दिनसक्ने जनाइएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार  चीनले हालै सफल परीक्षण गरेको एफसी–३१ लडाकु विमानमा अक्टुबर, २०१२ मा लन्च गरेको विमानको तुलनामा निकै अत्याधुनिक रहेको छ।

प्रकाशित: १३ पुस २०७३ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App