७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्परहित भवनमा स्पाङगल स्कुल

भैरहवा- रुपन्देहीको धकधईस्थित स्पाङगल इङ्लीस वोर्डिङ स्कुल आफ्नै सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ। विगत आठ वर्षदेखि भाडाको भवनमा कक्षा सञ्चालन गर्दै आएको स्कुलले सरस्वती पूजाको शुभ अवसर पारेर नव निर्मित अत्याधुनिक भवनमा प्रवेश गरेको हो।

२०६८ सालमा २७५  जना विद्यार्थी र १३ जना शिक्षकबाट सुरुवात गरेको स्कुलले पहिलो चरणमा कक्षा ८ सम्म अध्यापन गरिरहेको थियो। २०७१ सालबाट एसएलसीको मान्यता पाएको विद्यालयले हाल ५२५ जना विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको छ। १० जना युवाहरुको लगानीमा करिब साढे चार करोडको भूकम्परहित सुविधासम्पन्न भवन र खेलकुद मैदानसहित कक्षा सञ्चालन गर्न लागिएको स्कुलका प्रबन्ध निर्देशक ताहिर अलीले बताए।

७ कठ्ठा क्षेत्रफलमा १९ कोठे नवनिर्मित भवन १० रेक्टरसम्मको भूकम्प सहन सक्ने स्तरको अत्याधुनिक रुपमा निर्माण भएको छ। गुण्स्तरीय शिक्षा, इ लाइब्रेरी व्यवस्थित र हाइजिन क्यानटिन, होसटेलको सुविधा र हरेक वर्ष नयाँ कक्षा सञ्चालन गर्ने उद्देश्यले विकासोन्मुख धकधईमा शिक्षामा लगानी गरेको सहायक प्रबन्ध निर्देशक संजय कौसलले बताए।

नवनिर्मीत भवनमा सिसी क्यामराको निगरानी, बतानुकुलित कक्षा कोठा, डिजीटल स्मार्ट बोर्ड, प्रोजेक्टरबाट कक्षा, प्रविधिक विषयका कक्षाहरु सञ्चालनका लागि प्रक्रिया अगाडी बढेको बताए। उनले कक्षा ११ र १२ को कक्षा सञ्चालन अनुमतिका लागि आवेदन पठाएको बताए।
 

प्रकाशित: १७ माघ २०७६ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App