८ वैशाख २०८१ शनिबार
राजनीति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : थप जग्गा अधिग्रहण गर्न लागिएको हो ?

काठमाडौं- सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरेका छन्।

शुक्रबारको संसद बैठकमा बोल्दै अधिकारीले “पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिईदैन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ? एरपोर्टको तल्लो क्षेत्रमा रहेको  हजारौ हेक्टर जग्गाको सिंचाईको व्यवस्था के हुन्छ ?   परियोजनाको वातावरण अध्ययन मुल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिदैन ? विस्तृत प्रतिवेदन सार्वजनिक गरियोस्। मध्य पहाडी लोकमार्ग कास्कीको रुदीखोला देखि भैसे सम्मको टेण्डर किन रोकिएको छ। त्यो तुरुन्त खुलाईयोस्। रुपाताल परियोजनाको सम्पूर्ण कार्य सञ्चालन गरियोस्।”

प्रकाशित: १७ माघ २०७६ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App