coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रक र ट्याक्टर जुँध्दा एकको मृत्यु

सुर्खेत - वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७० नम्वरको ट्रकले ठक्कर दिँदा ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्याक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो। ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका छन्। चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिप्परको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कफ्यू लगाउनु परेको थियो।

प्रकाशित: १७ माघ २०७६ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App