coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गुनासोभन्दा प्रशंसा धेरै !

साझा सभामा बोल्दै अध्यक्ष वली। तस्बिरः दिनेश/नागरिक

रोल्पा - ‘उहिले सदरमुकामका कर्मचारीले बेलुका ५ बजे ढोका लाउँथे तर यहाँ बिहानैदेखि राति अबेरसम्म पनि जनता कै काममा लागिरहेका हुन्छन्।’ जनजागृती मावि जुंगारका प्रअ जीवराज भण्डारीले भने ‘बास्तव मै गाउँमा सरकार आए जस्तो भएको छ। सानो कामलाई पनि सदरमुकाम धाउने परम्पराको अन्त्य भएको छ।’ यहाँ अन्यत्र धेरै जस्तो धेरै प्रश्न आएनन् न त गुनासो नै आयो। सहभागीले बोल्ने भन्दा सुन्ने गरे। असन्तुष्टि, गुनासो वा जिज्ञासा राख्नका लागि आयोजना गरिएको साझा सभामा सहभागिहरुले स्थानीय सरकारले सेवा दिएको भन्दै प्रशंसा सुनाए।

रोल्पाको त्रिबेणी गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाई अन्र्तगतको साझा सभामा सहभागी स्थानीयले गुनासो भन्दा प्रशंसा धेरै गरेका हुन्। ‘हामी अपाङ्गता भएकाहरुका लागि सजिलो भएको छ। वर्गीकरणमा चित्त नबुझे पनि स्थानीय सरकारबाट गतिलो सहयोग पाएका छौ।’ अर्का स्थानीय प्रेमराज बुढाले भने ‘पाउने सुविधा पाएका छौ तर कहिले कसो जनप्रतिनिधि र कर्मचारी बिचमा टसल भएको सुनिन्छ त्यसलाई पनि समाधान गर्नुपर्छ।’

स्थानीय आमा समूहकी अध्यक्ष ज्योति कुमारी खड्काले सबै काम कुरामा चित्त बुझेको भन्दै आफुहरुलाई बैठक घरको माग गरिन। कार्यक्रमको सुरुवातीमा गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले आफुहरुले आजसम्म गरेका काम र गतिविधिको संक्षेप राख्दै सुधार गर्नु पर्ने बिषय वा गुनासो राख्न अनुरोध गरेका थिए। मौनताका बिचमा सीमित सहभागीले केहि माग राखे पनि समग्र काम प्रति सकारात्मक रहेको प्रतिकृया दिए। कार्यक्रमका सहजकर्ताले पटक पटक गुनासो वा असन्तुष्टी राख्न अनुरोध गरे पनि कार्यक्रममा सहभागी स्थानीयले राख्नै पर्ने असन्तुष्टी नरहेको बताएका थिए।

स्थानीय तहले ल्याएको शिक्षा नीति अनुसार शैक्षिक सुधार भएको, बिद्युतीकरणमा धेरै अगाडि बढेको, सडक सञ्जाल करिब करिब पुगेको र स्तर उन्नति बाकी रहेको बारेमा गाउँपालिका अध्यक्ष वलीले तथ्याङ्क सहित प्रस्तुती राखेका थिए। उनका अनुसार यहाँको स्वास्थ्यमा पनि गतिलो सुधार भएको छ। गाउँपालिकाको करिब ७० प्रतिसत घरमा बिजुली बलेको छ। स्वास्थ्यमा नियमित काम बाहेक सुत्केरी प्रोत्साहन कार्यक्रम, बालमजदुरी अन्त्यका लागि कडाई गरिदा सबै बालबालिकाको बिद्यालयमा पहुच पुगेको छ।

बिचमा कर्मचारी अभावले कार्य प्रगतिमा अवरोध आएको बताउदै गाउँपालिका अध्यक्ष वलीले भने ‘अब त कर्मचारी पनि लगभग पूर्ति भएको छ। हामीमा केहि गरौ भन्ने भावना छ। स्थानीय तहको पहिलो वर्ष सिकाईको वर्षका रुपमा सकिए पनि विकासले बिस्तारै गति लिएको छ।’

उनले भने ‘शिक्षा, स्वास्थ्य सुधारसंगै कृर्षि पशुपालन र रोजगारीलाई पनि प्राथमिकतामा राखेका छौ। जनताको चाहाना र आवस्यकता अनुसार हाम्रा गतिविधि संचालन भएका छन।’ अध्यक्ष वलीले जनचाहाना धेरै साधन श्रोत कमी हुँदा काम गर्न अलि समस्या भए पनि भएकोलाई नै अधिकतम प्रयोग गर्दै उदाहरणीय पालिका बनाउने लक्ष राखेको बताए।

प्रकाशित: १७ माघ २०७६ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App