coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट दुईको मृत्यु

उर्लाबारी (मोरङ)-पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालक र उनकी श्रीमतीको मृत्यु भएको छ । 

बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नं नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राई र उनकी ३५ वर्षीया पत्नी विष्णुमायाको मृत्यु भएको हो । 

धनकुमारको घटनास्थलमै र मोटरसाइकलको पछाडि सवार विष्णुमाया गम्भीर घाइते भएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साढे ८ बजे निधन भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । ठक्कर दिने टिपरसहित त्यसका फरार चालकको खोजी भइरहेको छ । रासस 
 

प्रकाशित: १३ पुस २०७३ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App