७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुरु भयो तेस्रो गैंडाकोट महोत्सव

नवलपुर –  उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरले तेस्रो गैंडाकोट महोत्सव आयोजना गरेको छ। महोत्सवको औपचारिक उद्घाटन भने भएको छैन। महोत्सव आयोजना सुरु हुनुभन्दा पहिले शोभायात्रा गरिएको थियो।

शोभायात्रामा विभिन्न संघसंस्थाका ब्यानरसहित सयौंको सहभागिता थियो। महोत्सवको नारा ‘आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव’ तय गरिएकाे छ। आ–आफनै भेषभूषासहित -यालीमा सहभागी भएका स्थानीय कसैले नेपाली पञ्चेबाजा, कौरा, भजन, लाखे आदि नृत्य गर्दै महोत्सवस्थल गैंडाकोट–२, नारायणी नदी किनारमा प्रवेश गरेका थिए ।

जिल्लालाई र संघलाई पनि देशभर चिनाउन यसपटक विशेष आकर्षण थपिएका छन्। विशेषतः स्थानीय उत्पादनलाई जोड दिइएको महोत्सवमा तीन सय ५० स्टलमध्ये ३० स्टल निःशुल्क उपलब्ध गराइएको छ। महोत्सवका अन्य मुख्य आकर्षणमा लन्डन ब्रिजको कृत्रिम आकृतिसहितको प्रवेशद्वार र सेल्फी जोनमा बुर्ज खालिफा रहेका छन्। महोत्सवका यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले उद्घाटन गर्ने आयोजक संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले जानकारी दिए।

माघ २६ सम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत थप ऊर्जा थप्ने भट्टचनले बताए। कृषि, पर्यटनलाई विशेष जोड दिई सुरु भएको महोत्सवमा दैनिक चर्चित कलाकारको प्रस्तुतिसँगै रसियन बेली डान्स, दैनिक नारायणी नदीमा बोटिङ आदि छन् ।

प्रकाशित: १७ माघ २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App