७ वैशाख २०८१ शुक्रबार
समाज

फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ

फाइल तस्बिरः ठगि मुद्दामा फरार घरजग्गा व्यवसायी सुधिर बस्नेत

काठमाडौं– अाेरियन्टल हाउजिङलगायत कम्पनी र व्यक्तिगत रूमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई चुक्ता गर्न नसकेपछि ठगी मुद्दामा प्रहरीको फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई काठमाडौंको धापासीबाट प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन इकाइ र महाराजगन्ज प्रहरी वृत्तबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बस्नेतलाई मंगलबार राति ११ बजे धापासीबाट पक्राउ गरेको महाराजगन्ज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए।   

डिएसपी पुरीका अनुसार पक्राउ परेका बस्नेतलाई महाराजगञ्ज वृत्तमा राखिएको छ।

टोखा नगरपालिकास्थित आफ्नै घरमा बसिरहेका बस्नेत प्रहरी आएको थाहा पाएपपछि भाग्न खोजेका थिए। भाग्ने क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा बस्नेत आफै लडेर  देब्रे हातमा चोट लागेको छ।

सामान्य उपचारपछि उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा हाजिर गराएको डिएसपी पुरीले बताए। ठगी मुद्दामा लामाे समयदेखि भारतमा लुकेर बस्दै अाएका र मंगलबार मात्रै काठमाडाैं अाएका बस्नेत पक्राउ परेका हुन्।

बस्नेतले विभिन्न १४ वटा बैंकबाट १ अर्ब ६० करोड रूपैयाँ र सहकारी, व्यक्ति र व्यवसायीसँग लिएको करिब ७ अर्ब रुपैयाँ ऋण चुक्ता बाँकी रहेकाे अनुमान गरिएकाे छ।

उनले अाेरियन्टल विल्डर्सका नाममा ३४ कराेड, अायुसा विल्डर्सकाे नाममा २१ कराेड, काेहिनूर विल्डर्स १४ कराेड, काेहिनूर हिल हाउजिङकाे ५६ कराेड, राेसिडेल डेभ्लपर्समा ११ कराेड, बिबी नेपाल ट्रेड कन्सर्नका नाममा ३ कराेड र दीपाज बिजनेश कन्सर्नका नाममा ४ कराेड रूपैयाँ लिएकाे देखिएकाे छ।

 

प्रकाशित: १३ पुस २०७३ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App