coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरिएको शिलालेख बरामद

जुम्ला - जुम्लाको सिँजा गाउँपालिकाबाट चोरी भएको शिलालेख प्रहरीले बरामद गरेको छ। गत पुस २८ गते चोरी भएको शिलालेख सिँजा गाउँपालिका ६ जोडु गाउँका मनबीर बुढाको घरबाट बरामद गरिएको हो।  नराकोट प्रहरीचौकीका इन्चार्ज असइ भिमबहादुर केसीको नेतृत्वमा गएको टोलीले शिलालेख बरामद गरी वडाध्यक्ष कालीबहादुर बुढालाइ जिम्मा लगाएको हो।

शिलालेख निकै ठूलो भएकोले वडाध्यक्ष बुढाको जिम्मा लगाएको असइ केसीले जानकारी दिए। शिलालेखमा चन्द्र सुर्य अंकित छाप थियो। परम्परागत पहिरन सहितको मानिसहरुको तस्बिर थियो। खसभाषामा लेखिएका अक्षरहरु थिए,असइ केसी भन्छन्, ‘ पुरातात्विक हिसावले निकै महत्वपूर्ण थियो। यो यहाँको इतिहास पनि हो। खस राज्यको चिनो पनि हुन सक्छ। ’

 अन्दाजी साढे ४ फिट अग्लो र ढाइ फिट चौडाइ भएको शिलालेख चोरी हुदा स्थानीय निकै चिन्तित थिए। स्थानीय मुनबीर बुढाले शिलालेख बारेमा धम्क्याउने, झुक्याउने गर्न थालेपछि स्थानीयले उनका बिरुद्ध किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीका आधारमा शिलालेख बरामद गरिएको स्थानीय बताउँछन्।

प्रहरीले शिलालेख बरामद गरेर बुझाएपछि स्थानीय निकै खुसी छन्। उनीहरुले यो शिलालेख संरक्षणका साथ राख्ने प्रतिबद्धता जाहेर गरेका छन्। सिँजाका गोल्ड्ेन बुढा चोरीभएको शिलालेख सबै हिसाबले महत्वपूर्ण देखिएको बताउँछन्। पुर्खाहरुका अधिकांस चिनो हराउदै जादा इतिहास मेटिन थालेको छ, उनले भने,‘ यो पुर्खाहरुको चिनो पनि हो, इतिहास पनि भएकोले संरक्षण गर्न जरुर छ। ’ गाउँपालिकाले पनि यहाँका शिलालेख, देवल देखि परम्परागत सम्पति संरक्षणमा चासो देखाउनु पर्नेमा जोड दिन्छन्।

 

प्रकाशित: १६ माघ २०७६ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App