coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन वेलहिया र सुनौलीमा पनि 'हेल्थ डेस्क'

भैरहवा - चीनलाई प्रभावित गरेको कोरोना भाइरसले नेपाल र भारतलाई पनि सतर्क बनाएको छ। छिमेकी मुलुकमा भयावह बनाएको भाइरसले नेपाल र भारतमा पनि असर गर्ने देखिन थालेपछि रुपन्देहीको नेपाल भारत सीमा वेलहिया र सुनौलीमा हेल्थ डेस्क स्थापना गरी विदेशी पर्यटकको स्वास्थ्य चेकजाच गर्न थालिएको छ।

बिहीबारदेखि नेपालतर्फ बेलहियामा सिद्धार्थनगर नगरपालिकाको संयोजन जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भिम अस्पताल, सुरक्षा निकाय, मेडिकल कलेज, गौतमबुद्ध विमानस्थल, र अध्यागमन कार्यालय रुपन्देहीको समन्वयमा हेल्थ स्थापना गरिएको हो।

बिहान ७ बजेदेखि राति ८ बजेसम्म हेल्थ डेस्कमा शंका लागेको पर्यटकहरुको परीक्षण भइरहेको छ। लक्षण देखिएका पर्यटकहरुलाई भीम अस्पताल पठाउने भए पनि हालसम्म कुनै बिरामी नभटेएिको डेस्कमा कार्यरत अनमी उमा काफ्लेले बताइन्।

भैरहवा नाका स्थलमार्ग भएर भित्रिने नेपालकै प्रमुख नाका हो। यस नाकाबाट श्रीलङका, थाईल्याण्ड, म्यानमार, भियतनाम पछि चीनबाट पर्यटक आउने गरेका कार्यालयले जनाएको छ। अहिले सरदरमा ३ सय २५ जना विदेशी पर्यटकहरु यस नाकाबाट आउने गरेका छन्, यहाबाट आउने सबै पर्यटकलाई हेल्थ डेस्कमा परीक्षण गरेर मात्र नेपाल प्रवेशाज्ञा दिइरहेको अध्यागमन कार्यालय वेलहिया रुपन्देहीका प्रमुख गिरीराज खनालले बताए।

नेपालसँग सँगै भारतले पनि सुनौलीस्थित अध्यागमन कार्यालयमा कोरोना भाइरसबारे सतर्कता अपनाउदैं पर्यटकको स्वास्थ्य चेकजाचमा खटिएको छ। मंगलबारदेखि आदर्शनगर पंचायत सुनौलीले नेपालबाट भारत प्रवेश गर्ने पर्यटकहरुको उक्त डेस्कबाट स्वास्थ्य चेकजाच गर्न थालेको छ।

पहिला परीक्षण गरिने लक्षण शंकास्पद देखिएका विरामीहरुलाई महाराजगंज जिल्ला अस्पतालमा पठाएर थप चेक एवं अनुसन्धान गर्ने व्यवस्था मिलाएको डाक्टर सेफाली गुप्ताले बताइन्। भारतले चिन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सीमाक्षेत्रमा विशेष निगरानी बढाएको छ। इमिग्रेशन कार्यालय र सिमानाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। पर्यटकको पार्सपोर्ट हेर्दै, उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका गुप्ताले बताइन्।

अहिलेसम्म ९८ जनाको परिक्षण गरेका छ। कुनै पनि पर्यटकमा भाइरसको संक्रमण देखिएको छैन अधिकांस चिनियाँ, मंगोलिया, थाईल्याण्डका पर्यटकहरु भारततर्फ आइरहेका छन्।

प्रकाशित: १६ माघ २०७६ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App