coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डबल स्ट्यान्डर्ड राख्दिन : सभामुख सापकोटा

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन्। बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताए।

उनले भने 'यसलाई कसरी जीवन्त बनाउने जीवन्त छलफल भयो भने छलफलको राम्रो वातावरण बनाउन सकियो भने यसले सबैलाई राम्रो गर्छ। यसले सांसदहरुको योज्ञता, क्षमतामा पनि अभिवृद्धि गर्छ त्यहाँ स्तरिय छलफल भयो भने स्तरिय रिपोर्टीङ गर्नुपर्‍यो त्यसका लागि अलि मेहनत गर्नुपर्‍यो यसले पत्रकारहरुको पनि स्तर माथि उठाउँछ।’  त्यस्तै सभामुख सापकोटाले आफु डबल स्ट्याण्डर नहुने र पत्रकारहरुसँग सहयात्रा गर्न तयार रहेको बताए। उनले भने 'मलाई कुनै कुरा मन नपर्ने के छ भनेर तपाई हरुले सोध्नुभयो भने म सेकेन्ड पनि ढिलो नगरी के भन्छु भने मलाई मन नपर्ने कुरा डबल स्ट्याण्ड हो।’ उनले अफुले सम्झौता गरेपनि सम्झौतावादी नहुने प्रष्ट समेत पारे।

उनले भने 'सम्झौता त हुन्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन मलाई त यो लाग्छ मेरो कुरा के छ भने सम्झौता त पाइला पाइलामा हुन्छ क्षण क्षणमा हुन्छ तपाईहरुले पनि गर्नुपर्छ मैलेनी गर्नुपर्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन्।’

सभामुख सापकोटाले गुणस्तरीय रिपोर्टिङका लागि लवी रिपोर्टीङको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाए। उनले प्रतिनिधिसभामा लवी रिपोर्टीङ गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका हुन्। यो व्यवस्था भएपछि पत्रकारहरुले संसद चलेको अवस्थामा सांसदहरु बसेको स्थानमा बसेर रिपोर्टीङ गर्न सक्नेछन्। लवी रिपोर्टिङ भनेकै संसद बैठक चलिरहँदा पनि सांसदहरु बसेको स्थानमै बसेर गरिने रिपोर्टीङ हो। यो व्यवस्था अहिलेसम्म नेपालमा थिएन। सभामुखको प्रतिवद्धता अनुसार व्यवस्था लागु भएमा संसदीय मामिला सम्बन्धी रिपोर्टीङ गर्ने पत्रकारहरुका लागि सूचना संकलनमा अझ सहजता आउने विश्वास गरिएको छ।

 

 

 

प्रकाशित: १६ माघ २०७६ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App