८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्निच्युडको भूकम्प

हवाना (एपी) – जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन।

भूकम्पको धक्का मेक्सिकोदेखि अमेरिकाको फ्लोरिडासम्मको विशाल क्षेत्रमा अनुभव गरिएको थियो। भूकम्पको केन्द्रविन्दु जमैकाको १३९ किमी टाढा उत्तर–पश्चिम मोन्टेगो बे क्षेत्रमा केन्द्रित रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। भूकम्प स्थानीय समय अनुसार अपराह्न २ः१० बजे गएको थियो। भूकम्प समुद्रको भित्री सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो।

क्युबाको राष्ट्रिय भौगर्भिक सेवाका प्रमुख डा. एनरिक आराङ्गो आरियासले क्युबामा कुनै गम्भीर क्षतिको खबर प्राप्त नभएको बताए।

भूकम्पका शक्तिशाली पराकम्प केम्यान द्वीपमा पनि अनुभव गरिएको थियो। यी पराकम्प करिब ६.१ म्याग्निच्युडसम्मका थिए। लगातारका पराकम्पका कारण स्थानीय विद्यालय बुधबार बन्द गरिएका छन्।

प्रकाशित: १६ माघ २०७६ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App