coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विश्व स्वास्थ्य सङ्गठनले भन्यो : कोरोना भाइरसबारे पुरै विश्व सचेत हुनुपर्छ

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसँग पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। चीनबाट फैलिएको नयाँ कोरोना भाइरसलाई फैलिनबाट रोक्न विश्व मिलेर अघि बढ्नु पर्ने समेत स्वास्थ्य संगठनले बताएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डाक्टर माइक र्‍यानले कोरोनासँग प्रतिरोध गर्न चीनले गरिरहेका कामको प्रशंसा समेत गरे।

र्‍यानले चीन जान विज्ञहरूको एक अन्तर्राष्ट्रिय टोली तयार हुँदै गरेको बताएका छन्। उनले उक्त टोलीले रोग कसरी सर्छ भन्नेबारे अनुसन्धान गर्ने बताए।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले संक्रमणको फैलावट र मानिसबाट मानिसमा सरेका विषय चिन्ताजनक भएको बताए। हाल कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या ७ हजार भन्दा बढी पुगेको छ भने १ सय ७० जनाको ज्यान गइसकेको छ।

विश्व स्वास्थय सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।

कोरोना भाइरसको कुनै औषधी र खोप नभए पनि यसको उपचार पछि निको भएर मानिसहरु घर फर्किएका छन्।

प्रकाशित: १६ माघ २०७६ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App