coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

एक महिनादेखि विश्वविद्यालय ठप्प

काठमाडौं – कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको गलत निर्णयले लामो समयदेखि पठनपाठन ठप्प रहेको छ। कर्मचारी र विद्यार्थीकाले आन्दोलन गर्दै केन्द्रीय कार्यालयमा ताबन्दी गरेपछि शैक्षिक र प्रशासनिककाम ठप्प भएको छ। विश्वविद्यालयका रजिष्ट्रार कोलाक्षपतिको माघ १२ गते चार वर्षे कार्यकाल सकिए लगत्तै पाख्रीबासमा र रोल्पामा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कार्यरत तीन कर्मचारीलाई व्यक्तिगत सम्बनधका आधारमा विश्वविद्यालयको केन्द्रीय कार्यालय भर्ना गरेको आरोप लगाइएको छ।

कर्मचारी भर्ना गरेको बिरोधगर्दै यहाँ लामोसमयदेखि ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले चार दिनदेखि तालाबन्दी गरेर विश्वविद्यालय ठप्प बनाएका हुन्। वन विज्ञान संकायका डिन बलराम भट्टले वन विषयका विद्यार्थी भर्ना कलेज प्राथमिकताको आधारलाई बनाएर प्रवेश परिक्षाको नतिजा प्रकाशन गरेकोभन्दै विद्यार्थीले ३२ दिनदेखि कलेज बन्द गराएका छन्। डेढ महिनादेखि विश्वविद्यालय र कलेजनै ठप्प हुँदासमेत सरकार भने बेखबर भएको यहाँका विद्यार्थीको भनाइ छ। विद्यार्थी र कर्मचारीले निर्णय खारेजी नगरेसम्म विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन्।

विश्वविद्यालय प्रगतिशिल प्रध्यापक संघका अध्यक्ष उदित सिग्देलले विश्वविद्यालयमा ६ महिनादेखि उपकुलपति नहुँदा अहिलेको अवस्था सिर्जना भएको बताउँछन्। संक्रमणकालको फाइदा पदाधिकारीले उठाएर गलत निर्णय गरेकै कारण विश्वविद्यालय अस्तव्यस्त हुँदै गएको उनको भनाइ छ। सरकारले तत्काला नेतृत्व लिएर यहाँको समस्या समाधान गरेर विश्वविद्यालयलाई निकास दिनुपर्ने उनको माग छ। ‘जाँदा जाँदै राजिष्ट्रार कोलाक्षपतिको गलत निर्णयले विश्वविद्यालय अहिलेको अवस्थामा पुग्यो,’ उनले भने, ‘विश्वविद्यालयलाई निकास दिन सरकारले तत्काल उपकुलपतिको नियुक्त गर्नुपर्छ, निमित्त उपकुलपतिको भरमा विश्वविद्यालय चल्न सक्दैन्।’

विश्वविद्यालय कर्मचारी प्रशासन प्रमुख बुद्धि ढुंगानाले विश्वविद्यालय कार्यकारी परिषद्ले ज्यालादारीमा कार्यरत एक सय पाँच कर्मचारीलाई मासिक तलबमा नियुक्ति गर्ने गरी निर्णय गरेपछि आन्दोलन सुरु भएको बताए। विश्वविद्यालयका वन विज्ञान संकायका डिन बलराम भट्टले कलेजको प्राथामिक्ताका आधारमा प्रवेश परिक्षाको नतिजा सार्वजनिक गर्दा कम्जोरी भएको स्वीकार गरेका छन्। उनले विद्यार्थी भर्ना समबन्धि नीति बनाउने अधिकार डिनको संयोजत्वमा रहेको भर्ना समितिको हुने र सोही समितिले यस वर्षको भर्नाकालागि प्रवेश परिक्षाको नतिजा कलेजको आधारमा निकाल्ने गरेको निर्णयका आधारमा नतिजा प्रकाशन गरेर भर्ना सूचना प्रकाशन गर्दा विद्यार्थ आन्दोलीत भएको बताए।

‘गत वर्ष कठारीमा रहेको स्रोत व्यवस्थापन कलेजमा विश्वविद्यालयले विद्यार्थी पठाउँदा विद्यार्थीले आनाकानी गरेका कारण यो वर्ष समितिले कटारी कलेजलाई प्राथमिक्तामा राखेर नतिजा प्रकाशन गरिएको हो,’ डिन भट्टले भने ‘जसका कारण कम नम्बरका विद्यार्थी कटारी कलेजमा योग्य भए बढी अंक प्राप्त गर्नेले भर्ना पाएनन्।’

आफूले कुनै विद्यार्थीको नम्बर परिवर्तन नगरेको स्पष्ट पारे। उच्चस्तरीय निकायकाले छानविन गरेर आफू कम्जोरी भए सजाय भोग्न तयार रहेको उनको भनाइ छ। आफूले यसबारे निमित्त उपकुलपति शारदा थपलियालाई उपयुक्त निर्देशनकालागि पटकपटक लिखित निवेदन दिँदासमेत कुनै निर्देशन प्राप्त नपाएकोसमेत बताए।

प्रकाशित: १६ माघ २०७६ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App