coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चार विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष

काठमाडौं – संसद्बाट पारित भए पनि सभामुखबाट प्रमाणित हुन नसकेकामध्ये चार विधेयक बुधबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ। बजेट अधिवेशनमा पारित भएका पाँच विधेयकमध्ये चार विधेयक नयाँ सभामुखबाट प्रमाणित भएका हुन्। गत असोज १३ गते यौन दुर्व्यवहारको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि पाँच विधेयक प्रमाणित हुन बाँकी रहेका थिए। माघ १२ गते नयाँ सभामुखको निर्वाचनमा अग्निप्रसाद सापकोटा निर्वाचित भएपछि उनले बुधबार चार विधेयक प्रमाणित गरेका हुन्।

सभामुखबाट प्रमाणित भएपछि विधेयकलाई तत्काल राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको संसद् सचिवालयले जनाएको छ। प्रमाणीकरणमा पठाइएका विधेयकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक छन्। सोही अवधिमा पारित भएको औद्योगिक व्यवसाय विधेयकमा सामान्य त्रुटि भएपछि त्यसलाई प्रमाणीकरणका लागि पठाइएको छैन। विधेयक प्रमाणीकरणसँगै प्रहरी समायोजनको काम सुरु हुनेछ।

प्रकाशित: १६ माघ २०७६ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App