अब ढुक्कसँग बत्ति बाल्नुस, जति बाल्यो उति कम महसुल

बुधबार, १५ माघ २०७६, १७ : ३४ सुभद्रा धिताल

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले उपभोक्ताका लागि विद्युत महसुल दरमा परिवर्तन गर्ने निर्णय गरको छ। प्राधिकरण सञ्चाक समितिले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो।

उपभोक्ताले जति बढी विद्युत उपभोग गर्‍यो, उति कम महसुल लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्। उनका अनुसार सो व्यवस्था तागू भएसँगै उपभोक्ताले बढी भन्दा बढी विद्युत खपत गर्ने प्राधिकरणको विश्वास छ।

प्रबन्धक निर्देशक घिसिङ भन्छन्, 'अब विद्युत खपत गर्न नडराउनुस उपभोक्ताले जति बढी विद्युत खपत गर्छन्, उति नै सस्तो शुल्क तिर्नु पर्नेछ।' स्वदेश मै विद्युत उत्पादन हुने भएपछि जनतालाई निर्धक्क रुपमा विद्युत खपत गर्न आग्रह गरेको उनले बताए। गार्हस्थ्य उपभोक्तालाई विद्युत खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिएको उनले बताए।

प्राधिकरणको हालको विद्युत महसुल दर अनुसार उपभोक्ताले जति बढी विद्युत महसुल उपभोग गर्‍यो, उति महँगो दर हुने व्यवस्था छ। आउँदो वर्षदखि बर्षायाममा खपत भन्दा बढी विद्युत उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत खपत बढाउने योजना गरेको हो।

यस्तै, प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि १ सय ५० र १ सय ५० देखि २ सय र २ सयदेखि ४ सय युनिटसम्म विद्युत खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो।

हाल नेपालमा १० युनिटसम्म विद्युत खपत गर्नेको संख्या करिब दश लाख रहेको प्राधिकरणले जनाएको छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad