coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एसिया कप छनोटमा नेपाल खेल्न पाउने

काठमाडौं– नेपाली पुरुष फुटबल टोलीले एएफसी एसिया कप छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । सन् २०१९ मा युएईमा हुने प्रतियोगिताका लागि हुने छनोट खेल खेल्न पाउने अखिल नेपाल फुटबल संघले बताएको छ ।
एसिया कपका लागि हुने छनोटमा ग्वामले भाग नलिने भएपछि नेपालले सहभागी हुने अवसर पाएको हो । एएफसी सोलिडारिटी कपको उपाधि जितेका कारण नेपाललाई प्रतियोगितामा सहभागी गराउन लागेको एसियाली फुटबल महासंघले बताएको छ । युएईमा हुने प्रतियोगिताका लागि २०१७ जनवरीमा खेल तालिका सार्वजनिक गरिनेछ । छनोट प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट छनोट भएका १२ टोलीले एएफसी एसिया कप खेल्न पाउनेछन् ।

 

प्रकाशित: १३ पुस २०७३ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App