७ वैशाख २०८१ शुक्रबार
समाज

चट्याङले लिन्छ वर्षेनी १०० भन्दा बढीकाे ज्यान

काठमाडौं– नेपालमा चट्याङ लागेर वर्षेनी १ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको तथ्या‌क सार्वजनिक भएको छ। बैशाख १ पछि शुक्रबारसम्म चट्याङ लागेर ६२ जनाको मृत्यु भएको छ भने २०६८ देखि यता बढीको मृत्यु हुँदै आएको देखिन्छ। यस्तै चट्याङ लागेर सयाैँ घाइते हुने गरेका छन् । केन्द्रको तथ्याँकअनुसार चट्याङ लागेर क्रमशः २०७२ मा ८०, २०७१ मा १ सय २८, २०७० मा १ सय ११, २०६९ मा १ सय ३१ र २०६८ मा १ सय ३ जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालय राष्ट्रिय आपतकालिन कार्य संचालन केन्दका अनुसार पछिल्लो समय मकवानपुर जिल्ला सबैभन्दा बढी चट्याङबाट प्रभावित देखिएको छ । केन्द्रका प्रमुख बाबुराम भण्डारीका अनुसार अग्लो स्थान र ठुला रुखमा बढि चट्याङ पर्ने गरेको छ । शहरमा रहेका ठूला संरचनासँगै राखिने अर्थिङ प्रविधिका कारण गाँउ र खुला स्थानमा यसको प्रभाव बढी रहन्छ ।

‘पूर्वाधार निर्माणका समय अर्थिङको ब्यवस्था र सचेत रहनु नै चट्याङबाट बच्ने सरल उपाय हुन्, भरसक मेघगर्जन हुन थाले ठूला रुख र अग्ला स्थानमा बस्नु हुँदैन,’ भण्डारीले नागरिकसँग भने।

मनसुन सक्रिय भएयता शुक्रबार मात्र देशभर भएका विभिन्न घटनामा ६ जनाको मृत्यु भएको छ । मौसमविद्ले यस पटक मनसुनको सक्रियतासँगै तुलनात्मक रुपमा बढी वर्षा हुने पूर्वानुमान गरिसकेका छन्। प्राकृतिक प्रकोपका कारण वर्षेनी ठूलो धनजनको क्षति बेर्होदै आएको नेपालमा यसपटक वर्षा हुने मुख्य असार, साउन र भदौ बाँकी रहँदै यसको कहर सुरु भएको छ।

देशभर वैशाख एक गतेदेखि असार १७ गतेसम्म प्राकृतिक विपत्तीमा परेर १ सय ६५ जनाको मृत्यु र ३१ जना वेपत्ता भएका छन् । यस्तै दुईसय ५९ जना घाईते छन । देशभर प्राकृतिक विपत्तीको सुचिमा रहेका आठसय २८ घटना यसविच भएको सरकारी तथ्याँक छ । जसमा ८१ करोड ३९ लाख ५१ हजारभन्दा बढि धनमालको क्षति पुगेको छ ।

गृह मन्त्रालय राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रका अनुसार सबैभन्दा बढी चट्याङ लागेर मृत्यु हुनेको सख्या छ । केन्द्रका अनुसार बैशाख एकदेखि शुक्रबारसम्म चट्याङका एकसय १३ घटनामा ६२ जनाले ज्यान गुमाएका छन भने एकसय ३६ जना घाईते भएका हुन। यस्तै डुबेका ४५ घटनामा २९ जनाको मृत्यु र १७ वेपत्ता छन ।

देशभर भएका बाढीका ४० घटनामा  १७ जनाको मृत्यु र १० जना वेपत्ता छन । पहिरोका ३१ घटनामा १३ को मृत्यु र ३ वेपत्ता रहेका छन । बाढी र पहिरोमा परि घाईते हुनेको सख्या ३५ छन । यस्तै आगलागीका पाँचसय ६५ घटनामा १७ को मृत्यु र पचाँस घाईते, महामारीको एउटा घटनामा १६ जनाको मृत्यु र लेक लागेर नौ जनाको मृत्यु भएको हो ।

केन्द्रका प्रमुख उपसचिव बाबुराम भण्डारीले प्राकृतिक विपत्तीको पूर्व सुचना र रोकथामका लागि सम्बन्धीत सबै मन्त्रालय सहित सरकारी र गैरसरकारी संस्थालाई सचेत अवस्थामा राखेको जानकारी दिए । उनले विपत्तीपछि हुनसक्ने सम्भावित महामारी र खाद्य संकट रोक्न समेत मन्त्रालयको नेतृत्वमा संयन्त्रले काम गरिरहेको बताए ।

केन्द्रका अनुसार बैशाख एकपछि भएका आठसय २८ घटनामा दुईहजार चारसय ५३ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन । जसमा एकहजार तीनसय ३८ चौपाया मरेका छन । आगलागीबाट एकहजार दुईसय ३९ घर जलेर पूर्णरुपमा ध्वस्त भएका छन भने एकसय ५२ घरमा आशिंक क्षति पुगेको छ । जसमा नौसय ९७ चौपाया जलेर मर्नुका साथै एकहजार पाँचसय ४६ घरधुरी प्रभावित भएका हुन । बाढीबाट पाँचसय १९ घरधुरी प्रभावित हुनुका साथै एकसय ९१ चौपाया मरेका छन ।

गृह मन्त्रालयले मनसुन पूर्व विपत्त प्रतिकार योजना अनुसार कार्य भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार विपत्तका बिषयमा पूर्व जानकारी दिन र प्रचारप्रसारका लागि एउटा संयन्त्र र विपत्तपछिको उद्दारदेखि बासस्थान, स्वास्थ्य र खानपिनदेखि पूर्नस्थापनासम्मका लागि अर्को संयन्त्र सक्रिय रहेको छ।

५ वर्षमा ११ हजारको मृत्यु, ८ सय ९१ वेपत्ता

सरकारी तथ्याँकअनुसार २०६८ देखि २०७२ सम्म पाँच वर्षमा विभिन्न प्राकृतिक विपत्तीमा परेर ११ हजार एकसय ६३ जनाको मृत्यु भएको छ । यस्तै आठसय ९१ वेपत्ता छन्। अघिल्लो वर्ष आएको महाभूकम्पमा मृत्यु भएका आठ हजार नौसय ८० समेत यसैमा समेटिएको छ। तथ्याँकअनुसार क्रमशः २०७२ मा नौहजार दुईसय ८९, २०७१ मा पाँचसय ३९, २०७० मा चारसय १७, २०६९ मा तीनसय ९९ र २०६८ मा पाँचसय १९ जनाले प्राकृतिक विपत्तमा परेर ज्यान गुमाएका छन्।

प्रकाशित: १९ असार २०७३ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App