८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्न प्रस्ताव

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा महाधिवेशको मिति प्रस्ताव गरिएको छ। अध्यक्ष पुष्पकमल दाहालले २०७७ चैत्र २५-३० सम्म पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।  यस्तै प्रदेश कमिटीको अधिवेशन २०७७ मंसिर भित्र सकिसक्न प्रस्ताव गरिएको छ।

नेकपाको केन्द्रीय कमिटी बैठक बुधबारदेखि राष्ट्रियसभा गृहमामा सुरु भएको छ। यस्तै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पेश गर्ने छन्।

त्यस्तै, सातवटै प्रदेशका अध्यक्षहरूले संगठनात्मक कामको रिपोर्टिङ तथा समसामयिक प्रस्तावहरूको प्रस्तुति दिने छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि नेकपाको यो दोस्रो केन्द्रीय समितिको बैठक हो।

 

प्रकाशित: १५ माघ २०७६ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App