coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसिसीलाई इण्डोप्यासिफिक रणनीतिकसँग जोड्नु बेकार : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिकसंग जोड्नु आवश्यक नरहेको बताएका छन्। बुधबार काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई एमसीसीले कुनै पनि असर नपार्ने र नेपाललाई होच्याउने, अपमान गर्ने कुरा सम्झौतामा नभएकाले यसबारे स्पष्ट हुन पनि केन्द्रीय सदस्यहरुलाई आग्रह गरे।

सम्झौता कार्यान्वयनमा आउनु अगाडि संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान भएकाले सो अनुमोदनको क्रममा रहेको भन्दै उनले यसले नेपाललाई कुनै अप्ठ्यारो नपार्ने स्पष्ट पारे। शंका उपशंकाको आधारमा कुनै पनि देशको हिडन इन्ट्रेष्टको पछिलाग्न आवश्यक नभएको भन्दै उनले एमसीसीलाई इण्डो प्यासिफिकसंग जोड्नु बेकार हुने बताए।

उनले एमसीसी स्थापना विकास, शुसासन र कनेक्टीभिटीमामा मात्रै अनुदान सहयोग खर्च गर्न पाईने गरि भएको भन्दै एमसीसी सम्झौतामा भएका सर्त र खर्चको क्षेत्रहरुको फेयरिस्त नै पढेर सुनाएका थिए।

प्रकाशित: १५ माघ २०७६ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App