coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध आवाज उठाउनुको कुनै अर्थ : प्रधानमन्त्री

काठमाडौं- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकारविरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन्। बुधबार काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले सरकारविरुद्ध प्रचार युद्ध मात्रै नभई आक्रमण नै डर लाग्दो गरि छेडिएको गुनासो गरे। उनले सरकारविरुद्धको आक्रमणको वादविवाद नगरि काम गरेर जवाफ दिने पनि बताए।

लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिएका प्रधानमन्त्री ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट सरकारको लोकतन्त्र प्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गरे।

उनले लोकतन्त्रलाई पूर्ण डेमोक्रेशीको रुपमा अगाडी बढाउदै न्याय र हकअधिकारसम्मको पहुँच सबैका लागि सुरक्षित गर्दै शान्तिपूर्ण, आधुनिक र सम्मानयुक्त समाज निर्माणमा सरकार अघि बढेको स्पष्ट पारे। उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता लगायत विषयमा सरकारविरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको पनि दाबी गरे।

नेपाली कांग्रेस, नेकपा तथा विभिन्न समूहले विभिन्न विषय र सन्र्दभमा समय समयमा हतियार उठाएको भए पनि नेपालको राजनीति अन्तत्वगत्वा शान्तिपूर्ण बाटोमा आएको र आधारभूत सहमतिका साथ अगाडी बढ्ने बाटोमा अघि बढेको उनले दाबी गरे।

अन्तराष्ट्रिय मुल्य मान्यता र राजनीतिक प्रणालीका लोकतान्त्रिक विशेषतालाई जनताको जनवाद भनेर नामाकरण गरिएको भन्दै उनले सार्वभौमसत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकिकरणको व्यवस्था अनुरुप जाने ढंगले अगाडी बढेको पनि स्पष्ट पारे। कोही पनि भोकै नपरोस् भन्ने तर्फ सरकार सजग र सर्तक भएको भन्दै उनले सोही अभियान अनुसार काठमाडौंका सडक मानवरहित भएको बताए।

प्रकाशित: १५ माघ २०७६ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App