१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवागढीबाट १९ करोडको ओखर आयात

रसुवा - रसुवागढी नाकाबाट ओखर आयात बढ्दै गएको छ।  चालु आर्थिक वर्ष ०७६-७७ को पहिलो ६ महिनामा करिब १९ करोड रुपैयाँ मूल्य बराबरको ओखर आयात भएको हो।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १८ करोड ८७ लाख १९ हजार तीन सय ९४ रुपैयाँ मूल्य बराबरको चिनियाँ ओखर आएको रसुवा भन्सार कार्यालयले जनाएको छ।  यस अवधिमा ६ लाख ५१ हजार आठ सय ९६ किलो ओखर भित्रिएको छ।

यसमा पाँच लाख ५० हजार ५० किलो छोडाएको र एक लाख एक हजार आठ सय ४६ किलो नछोडाएको ओखर आयात भएको हो।  नेपालमा पछिल्लो समय चिनियाँ ओखरको आयात बढ्दै गएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

नेपालमा ओखरको उत्पादन बढ्न नसक्दा चीनबाट आयात हुने क्रम बढ्दै गएको हो।  नेपालमा तिहारको समयमा ओखरको खपत बढी हुन्छ।  चीनबाट दुई किसिमका ओखर आउने गरेको छ।  रसुवागढी भन्सार कार्यालयका अनुसार चीनबाट नेपालमा छोडाएको ओखर बढी मात्रामा आउने गरेको छ।  

आव ०७४-७५ मा एक करोड ४९ लाख ६७ हजार दुई सय ३९ रुपैयाँ मूल्य बराबरको एक लाख दुई हजार चार सय ९० किलो ओखर आयात भएको कार्यालयले जनाएको छ।  जसमा छोडाएको ८९ हजार चार सय ९० र नछोडाएको १३ हजार किलो रहेको थियो।  

त्यसैगरी आव ०७५-७६ मा तीन लाख ९९ हजार एक सय ३७ किलो ओखर आयात भएको देखिन्छ।  नौ करोड चार लाख ७१ हजार आठ सय १६ रुपैयाँ मूल्य बराबरको ओखर आयात भएकामा छोडाएको नै बढी छ।  दुई लाख ४३ हजार दुई सय ३१ किलो नछोडाएको र एक लाख ५५ हजार नौ सय ६ किलो नछोडाएको ओखर आयात भएको थियो।  

नेपालमा व्यावसायिक रूपमा ओखर खेती नभएको र माग बढ्दै जाँदा आयात पनि निरन्तर बढ्दै गएको प्रमुख भन्सार अधिकृत खड्काले बताए।  नेपालमा उत्पादन हुने हाँडे ओखरभन्दा फुटाउन सजिलो र स्वादिलो पनि हुने भएकाले चिनियाँ ओखरको माग बढ्दै गएको हो।

प्रकाशित: १५ माघ २०७६ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App