८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन भए मधेसी मोर्चा निर्वाचनमा जान तयार

काठमाडौं- संविधान संशोधन भए मधेसी मोर्चा निर्वाचनमा जान तयार भएको छ। मंगलबार बालुवाटारमा बसेको सत्ता पक्ष र मधेसी मोर्चाको बैठकमा मोर्चाका नेताहरुले संविधान संशोधन भए आफुहरु निर्वाचनमा जान तयार भएको बताए।

दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय बैठक बसेको थियो।

मोर्चाका नेताहरुले बैठकमा निर्वाचन र संविधान संशोधनको प्रस्ताव संगसँगै लैजानु पर्ने धारणा राखेका थिए।

संविधान संशोधन प्रस्ताव र निर्वाचन सम्वन्धी विधेयक सँग सँगै लैजाने भए आफुहरु स्थानीय निर्वाचनमा जान तयार भएको बैठक पछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए। दुवै विषयलाई सँग सँगै लगेर टुंग्याउनु पर्ने उनको भनाई छ।  

संविधान संशोधनको प्रस्ताव संसदमा टेवुल गर्न नदिनु गलत भएको तमलोपाका नेता हृदयस त्रिपाठीले बताए।  'संसदीय व्यवस्थामा रहेपछि विधेय टेवल गर्न दिनु पर्छ,' उनले भने, 'पास फेल त्यहीँ हुन्छ।' प्रतिपक्षले पैँचो लिए जसरी  संसद अवरोध गर्नु ठिक नभएको उनले बताए।

प्रकाशित: १२ पुस २०७३ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App