८ वैशाख २०८१ शनिबार
समाज

आमरण अनशनरत लुम्बिनी विकास कोषका कर्मचारी मिश्राको अवस्था नाजुक

कपिलवस्तु– लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङको बर्खास्ती र आफ्ना सेवा सुविधासम्बन्धी पाँच बुँदे  माग राखेर विगत ११ दिनदेखि आवरण अनसनमा बसेका कोषका कर्मचारी रविन्द्रप्रसाद शुक्लाको अवसथा नाजुक बन्दै गएको छ। लुम्बिनीस्थित कोषको कार्यालयअगाडी अनशनरत शुक्लालाई सलाइन र अक्सिजन दिइएको छ।

११ दिनसम्म पनि मागको सुनुवाई नभएको भन्दै आन्दोलनरत कोषका कर्मचारीहरु आक्रोशित भएका छन्। मंगलाबार वार्ताका लागि आएका संस्कृति पर्यटन, नागरिक उड्डयन तथा सँस्कृतिक मन्त्रालयको टोली अनसन स्थल पुगेको थियो। मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र पर्यटन विभागका निर्देशक जयराम आचार्य र आन्दोलनरत कोषका कर्मचारीबीच दिउँसो भएको वार्ता बिना निष्कर्ष टुंगिएको कोषका कर्मचारी माधव आचार्यले बताए।

वार्ताका लागि आएको टोलीले आन्दोलन छाडेर वार्तामा आउन आश्वाान दिएपछि कुरा नमिलेको उनले बताए। आफूहरुको प्रमुख माग कोषका सचिव तामाङलाई बर्खास्त गरिनु पर्ने भएको त्यसैमा कुरा नमिलेपछि वार्ताबाट परिणाम नआएको उनले बताए। कोषका कर्मचारीहरुको सेवा सुबिधाका बिषयमा रहेका अन्य चार माग पूरा गर्ने भने टोलीले आवश्वासन दिएको थियो। सदस्य सचिवलाई हटाउने आफनो अधिकार क्षेत्रभित्र नपरेकोले पर्यटनमन्त्रीलाई सचिव तामाङलाई हटाउने बिषयमा गरिएको माग बारे जानकारी गराउने भन्दै सह सचिव उपाध्यायको नेतृत्वमा आएको टोली मंगलबारै फर्किएको थियो ।

विभिन्न भ्रष्टाचारमा मुछिएको र कर्मचारीहरुलाई आपसमा लडाउने र बिभेद गर्ने कार्यमा तामाङ अग्रस्थानमा रहेको आरोप लगाउँदै उनलाई हटाउनु पर्ने आफूहरुको प्रमुख माग रहेको करारका नासु नमराज अधिकारीले बताए।

‘सचिव तामाङ रहेसम्म कोष राम्ररी संचालन हुनै सक्दैन त्यसैले उनलाई यहाबाट बिदा गर्नुपर्छ,’ उनले भने।

प्रकाशित: १२ पुस २०७३ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App