७ वैशाख २०८१ शुक्रबार
अर्थ

हाइड्रोपावरमा शेयर लगानी गर्न युनिभर्सल कम्पनीको आह्वान

पाल्पा– युनिभर्सल पावर कम्पनीले पाल्पा र रुपन्देहीका सर्वसाधारणलाई कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनामा शेयर लगानी गर्न आह्वान गरेको छ। कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुई जिल्लाका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको शेयरबिक्री खुला रहेको जानकारी दिएको छ।  

कम्पनीले दोलखाको चंखु र खारे गाविसमा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजना सञ्चालन गरेको कम्पनीका वित्त व्यवस्थापक प्रभुलाल अधिकारीले जानकारी दिए। २ अर्ब ४ करोड रुपैयाँमा निर्माण गर्न लागिएको जलविद्युत् आयोजना ३ वर्षमा पूरा गरिने अधिकारीले बताए। परिवर्तनीय अग्राधिकार शेयर लगानी खुला गरेको र उक्त शेयर खरीदका लागि कम्तिमा १ लाख रुपैयाँ लगानी गर्नुपर्ने उनी बताउँछन्।

वार्षिक ७ दशमलव ५ प्रतिशतका दरले निर्माणकै अवधीमा शेयर प्रतिफल दिन सकिने भएकोले सर्वसाधारणलाई निश्चिन्त भएर लगानी गर्नका लागि वित्त व्यवस्थापक श्याम खड्काले आग्रह गरे। अब एक दशक उर्जामा लगानी रहेकोले यो क्षेत्रबाट लगानीकर्तालाई आकर्षित गर्न सकिने भएकोले सर्वसाधारणको जानकारी दिलाउन पनि कार्यक्रम आयोजना गरिएको खड्काले बताए। कम्पनीले लमजुङ्ग, दोलखा, रुकुम र संखुवासभामा ४५ मेगावाटको जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेको जनाएको छ । 

प्रकाशित: १९ असार २०७३ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App