coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

संघर्षपूर्ण जितबाट फेडेरर सेमिफाइनलमा

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेपछि स्विस स्टार रोजर फेडेरर । तस्बिर :एजेन्सी

मेलबर्न – विश्व वरीयतामा सयौं स्थानका टेनिज सान्डग्रेनविरुद्ध पाँच सेटमा संघर्षपूर्ण जितपश्चात् मंगलबार अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेपछि  स्विस स्टार रोजर फेडेररले आफु जहिले पनि चमत्कारमा विश्वास गर्ने बताएका छन्।

सात पटक म्याच पोइन्ट बचाउँदै सान्डग्रेनविरुद्ध संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा नोभाक जोकोभिचसँग भेट पक्का गरेपछि फेडेररले आफु जहिले पनि चमत्कारमा विश्वास गर्ने बताएका हुन्।  ६ पटक अस्ट्रेलियन ओपन विजेता फेडेररले सान्डग्रेनविरुद्ध शारिरिक रूपमा पनि संघर्ष गर्दा चौथो सेटमा तीन पटक म्याच प्वाइन्ट जोगाएका थिए।  टाइब्रेकर भने उनले चार पटक म्याच प्वाइन्ट जोगाए।  

फेडेररले सान्डग्रेनलाई ६–३, २–६, २–६, ७–६(१०-८) र ६–३ ले संघर्षपूर्ण जित निकाले।  त्यो जितसँगै ३८ वर्षे फेडेररले सेमिफाइनलमा जोकोभिचविरुद्धको सेमिफाइनल भिडन्त पक्का गरे।  जोकोभिचले भने क्यानडाका मिलोस राओनिकलाई ६–४, ६–३, ७–६(७-१) ले हराउँदै आठौं पटक अस्ट्रेलियन ओपन जित्ने अभियानलाई निरन्तरता दिए।  

जोकोभिचले फेडेररलाई उत्कृष्ट पुनरागमनपश्चात् निकै तारिफ गरे।  ‘उनले आजै निकै उत्कृष्ट प्रदर्शन गरे।  यो उमेरमा पनि सात पटक म्याच प्वाइन्ट जोगाउँदै पुनरागमन गर्नु निकै कठिन हो,’ जोकोभिचले भने,‘उनी अझै पनि उत्कृष्ट टेनिस खेलिरहेका छन्।  उनी अझै अघि बढ्न सक्षम छन् भन्ने देखाए।  उनी उत्कृट फाइटर हुन्, उनीप्रति सम्मान व्यक्त गर्न चाहन्छु। ’

चोटमा अझै पनि संघर्ष गरिरहेका फेडेररले पाँचौं सेटमा भने सहजै खेल आफ्नो नियन्त्रणमा लिए।  ‘म जहिले पनि चमत्कारमा विश्वास राख्छु,’ पुनः सोही कुरा दोहो-याउँदै फेडेररले भने,‘मैले उनीसँग हरेक तवरबाट खेल आफ्नो शैलीमा पूर्ण गर्न चाहन्थेँ।  आज भाग्यमानी पनि रहेँ। ’ महिलातर्फ विश्व नम्बर एक अस्ट्रेलियाकी एस्लेघ बार्टीले दुई पटक विम्बल्डन च्याम्पियन पेत्रा केभितोभालाई स्तब्ध बनाउँदै पहिलो पटक घरेलु मैदानमा हुने ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाइन्।  

बार्टीले चेक रिपब्लिककी पेत्रालाई ७–६(८-६), ६–२ ले हराउँदै सेमिफाइनलमा अमेरिकी स्टार सोफिया केनिनसँगको भेट पक्का गरिन्।  बार्टी ४२ वर्षपछि घरेलु मैदानको ग्रान्ड स्लाम सुरक्षित गर्ने अभियानमा छन्।  फ्रेन्च ओपन च्याम्पिनयसमेत रहेकी बार्टीले दोस्रो ग्रान्ड स्लाम नजिक पुगेपछि मेलबर्नभरि उनको फोटोअंकित पोस्टर टाँसिएका छन्।  बार्टीको उपाधि अभियानमा पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा पुगेकी केनिन  बाधक हुनेछिन्।

२१ वर्षीया केनिनले टेनिसका मुख्य प्रतियोगितामा पहिलो पटक क्वार्टरफाइनलमा पुग्ने अरबी महिला एवम् ट्युनिसियाकी ओन्स जेबेउरलाई ६–४ र ६–४ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।  ‘उनी (जेबेउर) निकै उत्कृष्ट प्रतिस्पर्धी हुन्।  मलाई विश्वास छ, यहाँबाट फर्किएपछि उनी अझै बलियो बन्नेछिन्,’ केनिनले भनिन्,‘उनीसँग खेल्दा निकै खुसी छु। उनीसँग खेल्नु उत्कृष्ट प्रतिस्पर्धा बन्यो र उनीप्रति सधैं विश्वास व्यक्त गर्न चाहन्छु।  उनले आजै निकै उत्कृष्ट प्रदर्शन गरे।  यो उमेरमा पनि सात पटक म्याच प्वाइन्ट जोगाउँदै पुनरागमन गर्नु निकै कठिन हो। ’

प्रकाशित: १५ माघ २०७६ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App