coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्मचारी नभएपछि इलाका प्रशासनको काम ठप्प

मन्जु उप्रेती

रामेछाप- जिल्लाको प्रिति गाउ विकास समितिको लाप्चानेमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको काम स्थापनाको ६ महिना बित्न नपाउँदै ठप्प बनेको छ।

                जिल्लाको दुर्गम उत्तरी भेगका ८ गाविसका सर्वसाधारणलाई सहज बनाउने उद्देश्यका साथ स्थापना गरिएको इलाका प्रशासन कार्यलयमा प्रमुख नहुदा कार्यलयको काम ठप्प बनेको छ। कार्यलय स्थापनासँगै ६ महिनाका लागि कायम मुकायम प्रमुखको जिम्मेवारी लिएर गएका जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत समयावधी सकिएर फर्केसँगै कार्यलयको काम ठप्प बनेको छ। इलाका प्रशासनको काम ठप्प बने पछि सो कार्यलयबाट सेवा लिने अधिकांश सेवाग्राही मारमा परेका छन्। इलाका प्रशासन स्थापना मात्र भयो जनतालाई हैरानी उतिकै छ ठोसे गाउँ विकास समिति ५ का शेखरमान श्रेष्ठले बताए। कुनै समय गाविसका सचिव गाउँ नबसेरे सेवाग्राहीलाई समस्या त कहिले इलाका प्रशासनमा जिम्मेवार व्यक्ति नहुँदा समस्या जनता नै पर्ने श्रेष्ठले बताए।

  कार्यलयको काम ठप्प बनेपछि त्यहाँबाट लाभ लिने सेवाग्राही अहिले मारमा परेका छन। 'कार्यलयमा गयो काम नभए पछि फर्कनुको अर्को विकल्प छैन', चुचुरे ७ का पुर्व गाविस उपाध्यक्ष घनश्याम कार्कीले भने।  इलाका प्रशासन हुनु र नहुनुको कुनै औचित्य नै भएन यतिबेला उनले दुःखेसो पोखे। 

इलाका प्रशासनमा प्रमुख नहुँदा काम ठप्प भएको कुरा स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले उक्त समस्याको बारेमा आफुले बारम्बार सम्बन्धित माथिल्लो निकायमा घच्च घच्याइरहेको जानकारी दिए। छोटो समयको जिम्मेवारी लिएर गएका कर्मचारी समयावधी सकिएर फर्किए पछि निमित्तको भरमा काम नचल्ने भएपछि सेवाग्राही मारमा परेको उनले बताए। माथिल्लो निकायमा सुनुवाइ हुनुसाथ समस्या सल्टिने प्रजिअ अधिकारीले बताए। काम ठप्प बनेपछि उक्त इलाका प्रशासन कार्यलयबाट जिल्लाका प्रिति, ठोसे, गुम्देल, बाम्तीभण्डा, गुप्तेश्वर, कुभुकास्थली, भुजी र चुचुरे गाउ विकास समितिका सर्वसाधारणले लाभ लिदै आएका थिए।

 

 

 

प्रकाशित: १२ पुस २०७३ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App