coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

देवदहलाई सफलता

म्यान अफ दी म्याच अर्जुन रायमाझीलाई पुरस्कृत गर्दै जावलाखेल समूहका एरिया मेनेजर खगेन्द्र पौडेल। तस्बिर : नागरिक

भैरहवा - देवदह क्रिकेट युनिट, देवदहले भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत मंगलबार सम्पन्न खेलमा शाइ ग्लोबल क्रिकेट क्लब, भैरहवालाई ३८ रनले पराजित गरेको छ। पराजयसँगै शाइ ग्लोबल क्लब डिभिजन ‘बी’ मा घटुवा भएको छ।

टस जितेर ब्याटिङ रोजेको देवदह क्रिकेट क्लबले ४१ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो। १ सय ४६ रनको लक्ष्य पाएको शाइ ग्लोबलले सबै विकेट गुमाउँदै लक्ष्य  भेट्न नसकेपछि हार व्योहोर्नुप-यो। जितका लागि देदवदहका प्रेम श्रेष्ठले सार्वधिक ५९ बलमा ४७ रनको योग्दान गरे। त्यस्तै सुरज खडकाले २४ र सुरज दराईले १० रनको योग्दान गरे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा शाइ ग्लोबलका मोहम्मद हुसेनले ४, दीपेन लामगादेले २ एवं बलबहादुर थापा, अहमद हुसेन, इमरान खान र इमरान पठानले समान १ विकेट लिए।

शाइ ग्लोबलका लागि अजय रसाइलीले २२, मोहम्मद हुसेनले नटआउट २१ र आशुतोष पासवानले २० रन बनाए पनि  टोलीले लक्ष्य प्राप्त गर्न सकेन। बलिङतर्फ देवदहका अर्जुन रायमाझीले ६ एवं गौतम केसी, हेमराज पौडेल, सुरज खडका र सुरज दरईले समान १ विकेट लिए। मंगलबारको खेलमा अर्जुन रायमाझी म्यान अफ दी म्याच भए। उनलाई जावलाखेल समूहका एरिया मेनेजर खगेन्द्र पौडेलले  नगद  एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।

बुधबारको खेल समूह ‘ए’ अन्तर्गत लुम्बिनी खुकुरी क्लब बेलहिया र शंकरनगर क्रिकेट क्लब शंकरनगरबीच  खेल हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

प्रकाशित: १५ माघ २०७६ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App