coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीले भने– ‘चुनाव घोषणा गर्न संसद खुल्नु पर्दैन’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवरोधको निकास नै निर्वाचन भएकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन्। चुनाव घोषणा गर्न संसद चल्नु पर्ने अनिवार्यता नरहेको धारणा उनले व्यक्त गरे।

‘चुनाव घोषणा सरकारले गर्ने हो, संसद किन चाहियो ?,’ उनले प्रश्न गरे। रिपोर्टर्स क्लबले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा गएर बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले यस्तो बताएका हुन्।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीच भएको तीन बुँदे सम्झौताको कार्यान्वयनको अभ्यास गरिरहेको उनले बताए। ‘साउन १९ गते काँग्रेस, माओवादी र सर्लाही–महोत्तरीमा आधारित मधेशी मोर्चाबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न उहाँहरुबीच अभ्यास हुँदैछ, तर त्यस प्रयासमा आवेशयुक्त ढंगको प्रयासले कुनै महत्व राख्दैन्, हेर्दै जानु होला, त्यो पछि थाहा हुन्छ।’
नेकपा एमाले मुलुकमा भएकोले चुनाव भई छाड्ने विश्वास उनले दिलाए। ओलीले भने– ‘चुनाव हामी गराउँछौं, किनकी नेकपा एमालेजस्तो पार्टी यो मुलुकमा छ, त्यसैले राजनीति कूबाटोतिर जान सक्दैन्, यो अन्यौलता चिर्ने पनि एमाले नै हो ।’

उनले दाहाल नेतृत्वको सरकार म्यादी सरकार भएको उल्लेख गर्दै भने, ‘म्यादी सरकार धेरै उफ्रिँदा ४ महिना उफ्रिन्छ, अब चुनाव गराइन्छ, त्यो पनि घोषणा गरेरै।’ ओलीले प्रचण्डले जति उपद्रो गरे पनि अब ४ महिनामात्रै सरकारको म्याद रहेको भन्दै व्यंग्य गरे।

‘यो सरकार गठन भएको ५ महिना भयो, एउटा सरकार ढालेर बनाएको, धन्न हिजो मेरो पालामा ४० मन्त्री हुँदा के के भनियो, अहिले त ४० प्लस हुँदापनि मिडियाले केही भन्दैनन्,’ उनले प्रधानमन्त्री कार्यालयको खर्च पनि आफ्नो पालामा मिडियाले खुबै उचालेको तर अहिले त्यसबारेमा कुनै चर्चा नगरिएको गुनासो पोखे।
ओलीले अघि थपे, ‘हिजो मेरो पालामा ८ महिनामा ८२ लाख खर्च हुँदा मिडियाले हिसाबकिताब खुबै राखे, सञ्चार माध्यममा उद्दुम मच्चियो, तर अहिलेको सरकारले साउन देखि असोजसम्म ८७ लाख खर्च गर्यो, तर मिडियाले हिसाब राख्दैन् ?’
 

प्रकाशित: १२ पुस २०७३ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App