१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले गलत मनसायले कानुन ल्याउन खोजेको छ : कांग्रेस नेता पौडेल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताएका छन्।

नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे। नेकपा एकदलीय निरङ्कुसता तर्फ बढने आदर्शका साथ अगाडि बढेको भएपनि जनताको बहुदलसँग जोडेर आफुलाई जनवादसँग जोड्न लागेको आरोप लगाए। 'नेकपाको आफ्नो आदर्श र सिद्धान्त एकातिर छ। जनमतको दबावम बाहाना अर्कोथरी गर्नुपरेको छ। बहुदल नमान्ने एकदलीय निरङ्कुसता लिएर देशलाई परिवर्तन गर्छु भन्ने संकल्प लिएर आएको कम्युनिस्ट शक्तिले आफुलाई बहुदलसँग जोडेर, बहुदलीय जनवादसँग भनेर जनताले बहुदल माग्या छन् भने त्यतै तिर आफुलाई जोड्ने प्रयास गरेको छ’, उनले भने।

पौडेलले संविधान सभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भएपनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताए। संविधान आएपछि संविधान विपरितका कानून बनाएर काम गर्न पाइदैन भनेर खवरदारी गर्न पाइएको उनले बताए। सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उनको भनाई थियो।

पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भएपनि आफ्नो सधै सहयोग हुने प्रतिवद्धता जनाए। उनले नेपाली कांग्रेस भित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याए। कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पुर्‍याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने प्रष्ट्याए।

प्रकाशित: १४ माघ २०७६ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App