८ वैशाख २०८१ शनिबार
राजनीति

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

काठमाडौं- समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। संसद वैठकमा बोल्दै सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराएका हुन्। उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो। तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’।

नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडि रहेको उनले बताए। उनले भने, 'न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन कानुनको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकका प्रमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमूल्यन गरिरहेका छौँ। यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस भन्ने आग्रह गर्दछु।’

सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर प्रयाप्त छलफल गराउने तर्फ पनि उनले सभामुखको ध्यानाकर्षण गराए। उनले द्वन्दकालिन मुद्धाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका माध्यमबाट चाँडो टुंगो लगाउनुपर्ने माग समेत राखे। 

ठूलो क्रान्ति र विस्तृत शान्ति सम्झौतापछि गठन भएका आयोगले लामो समयसम्म पनि काम गर्न नसक्नु गम्भिर विषय भएको बताउँदै उनले कुनै एक व्यक्तिको मुद्धालाई लिएर मात्रै कसैलाई फाइदा नहुने बताए। टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर रेशम चौधरी लगायतका विषयमा सोच्न पनि उनले आग्रह गरे।

 

 

 

प्रकाशित: १४ माघ २०७६ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App