coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धादिङको सिद्धलेकमा स्थानीय दुई व्यक्ति मृत फेला

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालको शव गृहमा राखिदै ।

धादिङ- धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ कालिदह नजिकैको भीरमा स्थानीय दुई व्यक्ति मृत फेला परेका छन्। वडा कार्यालय जान भनेर आइतवार घरबाट निस्किएका सिद्धलेक गाउँपालिका वडा नं १ का ३८ वर्षिय भीमबहादुर गुरुङ र ५७ वर्षिय नकुल सापकोटा आइतवार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए।

बाटो छेउको भीरमा शव फेला परेकाले उनीहरु दुवैजना भीरबाट खसेर मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। खोजी गर्ने क्रममा सोमबार साँझ उनीहरुका शव कालिदह नजिकैको भीरमा भेटिएको थियो। शव फेला पर्ने वित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव फेला परेको जानकारी पाउने वित्तिकै घटनास्थलमा प्रहरी पुगी जाँच मुचुल्का गरि शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङवेशीमा ल्याइएको छ।

मृतकका परिवारहरुको तर्फबाट जिल्ला प्रहरी कार्यलयमा जाहेरी आइसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए। ‘भीर नजिकै शव फेला परेको छ हामी अनुसन्धानमै छौँ’, उनले भने, ‘घटनास्थलको प्रकृति हेर्दा उनीहरु भीरबाट लडेको हुनसक्ने अनुमान गरेका छौ।’ पोष्टमार्टमपछि विस्तृत अनुसन्धान अघि बढाउने खड्काले बताए।

उनीहरुको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचय पत्र र नगद २० हजार रुपैयाँ पनि फेला परेको धादिङ प्रहरीले जनाएको छ।
 

प्रकाशित: १४ माघ २०७६ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App