७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद अवरुद्ध हुँदा देश संकटतर्फ धकेलियो: अशोक राई

खोटाङ– संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोककुमार राईले संसद अवरुद्ध गरेर एमालेले देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन्। खोटाङ सदरमुकाम दिक्तेलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ नेता राईले सरकारले प्रस्ताव गरेको संशोधन प्रस्तावका बिषयलाई लिएर संसद अवरुद्ध गर्नु निकासको बाटो नभएको बताए।

उनले संसद अवरुद्ध गर्नुको कुनै औचित्य नभएको जनाए। ‘संसद अवरुद्ध पार्नुको कुनै तुक छैन, समस्या खडा गर्ने नेता नेता हुन सक्दैन,’ बरिष्ठ नेता राईले भने, ‘यसले देशलाई समाधानभन्दा संकटतर्फ धकेलीरहेको छ।’ बरिष्ठ नेता राईले देशमा पूरानै संरचनामा निर्वाचन गर्न नहुने बताए । मुलूक अगाडि बढीसकेको अवस्थामा निर्वाचनको नाममा फेरि पछाडि हटिए देश ठूलो दुर्घटनामा फस्ने राईको भनाई थियो।

प्रकाशित: १२ पुस २०७३ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App