८ वैशाख २०८१ शनिबार
समाज

टिप्परले किच्दा एकको मृत्यु

वीरेन्द्रनगर- वीरेन्द्रनगरमा टिपरले किच्दा मंगलबार बिहान एकजनाको घटनास्थलमै मृत्यु भएको छ। वीरेन्द्रनगरस्थित रत्न राजमार्ग खण्डमा बाङेसिमलदेखि मंगलगढी आउँदै गरेको टिपरले किच्दा कालीकोट महावै गाउँपालिका–३, सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएको हो।

वीरेन्द्रनगर–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
 

प्रकाशित: १४ माघ २०७६ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App