coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रकोप नियन्त्रण गर्न चिकित्सकको टोली हुम्लामा

उपभारकाे लागि स्वास्थ्यसंस्था पुगेका हुम्लावासी। फाइल तस्बिर: नागरिक

जुम्ला - हुम्लाको चंखेली (मेल्छाम) सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतका डा. सागर दाहाल,मेहलकुना अस्पतालका डा.विवेक शाह सहितको स्वास्थ्यकर्मी टोली र औषधि पठाइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ। हुम्लाको रुघाखोकीको प्रकोप सम्बन्धइी प्रतिबेदन सार्वजनिक गर्दै निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट तीन जना चिकित्सक सहितको टोली प्रभावित स्थानतर्फ परिचालित भइसकेको जनाएको छ।

माघ १२ पछि कुनै पनि स्थानमा रुघाखोकीबाट मृत्यु भएको जानकारी प्राप्त नभएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले प्रतिबेदनमा उल्लेख गरेको छ। यो अवधिभरमा कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीलाइ लामो बिदा लिन र काजमा नछोड्न निर्देशन समेत गरिएको छ। प्रतिबेदनमा भनिएको छ,‘हुम्ला जिल्लाका स्वास्थ्यकर्मीलाइ विदामा भएको अवस्थामा समेत आफ्नो कार्यक्षेत्रमा फिर्ता हुन निर्देशन गरिएको छ।

प्रदेश अस्पताल बीरेन्द्रनगर सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दुबै हब अस्पतालका रुपमा तयारी भएको र स्याटलाइट अस्पतालहरुमा थप क्षमता अभिबृद्धिको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य सेवा निर्देशनालयका लागि भिटिएम कम्तिमा २० वटा,मेडिएम २० वटा,फ्लु मेडिसिन् र लङ स्प्राइ डेट भएको फ्लुसंग सम्बन्धित २ सयवटा,एन ९५ मास्क माग गर्ने निर्णय भएको छ।

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो नदेखाएको स्थानीयको गुनासो छ। तीन सातादेखि फैलिएको मौसमी फ्लुका कारण हुम्लामा सात जनाको मृत्यु भइसकेको छ।

  हुम्लाका धेरै स्थानमा मौसमी फ्लुको प्रकोप रहे पनि मुख्यतया चंखेली गाउँपालिका–६ को मासीधारा र सर्केगाड गाउँपालिका–३ को कुनापानी क्षेत्र धेरै प्रभावित छन्। नजिक स्वास्थ्य संस्था नहुनु, भएका स्वास्थ्य संस्थामा पर्याप्त औषधि, पूर्वाधार र जनशक्ति नहुँदा पनि कर्णालीवासीले समयमै उपचार पाउन सक्दैनन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सामाजिक विकास मन्त्रालयसंग सहकार्य गरेर डा. सुवेस चौधरी र टंक आचार्यलाइ खटाइएको जानकारी दिएको छ। उनीहरु प्रकोप नियन्त्रण नहुदा सम्म नफर्कने उनले जानकारी दिए।

प्रकाशित: १४ माघ २०७६ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App